हावाहुरी पीडितलाई प्रदेश-५ का सांसदले १ दिनको तलब दिने

हावाहुरी पीडितलाई प्रदेश-५ का सांसदले १ दिनको तलब दिने

बुटवल : प्रदेश- ५ का सांसदले बारा-पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकले एक दिनको तलब दिने प्रस्ताव पारित गरेको हो। एक दिनको तलब करिब एक लाख ३० हजार ५ सय हुन आउँछ।

प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ। जस अनुसार एकजना सांसदको सहयोग १५ सय रुपैयाँ हुन आउँछ। प्रदेश ५ मा ८७ जना प्रदेशसभा सदस्य छन्। यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो।

यसैगरी आइतबारको बैठकले औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि सर्बसहमत पारित भएको हो।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा  प्रस्तुत गरेका थिए। 

प्रस्तावमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले पर्यटकीय आकर्षण बढाउन सांस्कृतिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिँदै घरेलु उद्योग, रैथाने संस्कृति र खानपान पर्यटकीय आकर्षणका विषय भएको बताए। 

प्रदेशसभा सदस्य कमला विश्वकर्माले प्रदेश-५ का कला, संस्कृति र भौगोलिक विविधता पर्यटनको आधार भएको बताइन्।  प्रदेशसभा सदस्य फकरुद्दिन खानले विधेयकले आन्तरिक पर्यटकका विषयमा स्पष्ट नगरेको आरोप लगाए।

सैद्धान्तिक छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै पर्यटनमन्त्री लीला गिरीले विधेयकमार्फत धेरै विषयलाई स्पष्ट गर्न खोजिएको जानकारी दिए। त्यस्तै बैठमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरे। 

प्रदेश मामिला तथा कानुन समितिका सभापति दामा शर्माले प्रदेश -५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरिन्। यस्तै जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ भवन निर्माण कार्यलाई व्यवस्थित एंव नियमित गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश- ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गरेको पत्र सभामुख घर्तीले पढेर सुनाएका थिए। प्रदेश सभाको अर्का बैठक सोमबार बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.