गत चुनावका स्वतन्त्र उम्मेदवार र पार्टी छोड्नेको सूची खोज्दै कांग्रेस
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले गत चुनावमा स्वतन्त्र उम्मेदवार दिने उनका प्रस्तावक, समर्थक र कांग्रेस छोड्नेको सूची एक सातामा उपलब्ध गराउने गरी पत्राचार गर्ने भएको छ।
आइतबार भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थककका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ’, प्रेम केसीले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।