महिला भलिबलसँग जोडियो मुक्तिनाथ

महिला भलिबलसँग जोडियो मुक्तिनाथ

काठमाडौं : पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले पनि साथ दिने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख १४ गतेदेखि राजधानीमा हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि दुई लाख रुपैयाँ बैंकले प्रायोजन गर्ने भएको छ। सोसम्बन्धी सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काले हस्ताक्षर गरे।

मुक्तिनाथ बंैकका सीईओ पोखरेलले प्रतिष्ठानसँग हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे। ‘नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा खुसी लागेको छ’ सीईओ पोखरेलले भने, ‘बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि खेलकुदमा निरन्तर सहयोग गर्नेछ।’ नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले कर्पोरेट हाउसले चासो दिए मात्र नेपालमा खेलकुदको विकास सम्भव भएको बताए।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता केही समयपछि सार्नु परेको जानकारी दिए। उनले प्रतियोगितालाई अग्रणी रङ कम्पनी केएनपी जापानले मुख्य प्रायोजन गरेको बताए। जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसैगरी उपविजेता टोलीले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट सेटर, सर्वोकृष्ट ब्लक, सर्वोत्कृष्ट डिफेन्स, सर्वोत्कृष्ट क्विकर, सर्वोत्कृष्ट सर्भर र सर्वोत्कृष्ट प्रशिक्षकले जनही सात हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पाँचौं संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ दी म्याचले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उपाधि विजेता टोलीका खेलाडीलाई दरबारमार्गको द रिगल इंकले आकर्षक सुट प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.