हुरीपीडितलाई चीनले गर्‍यो ५५ लाख सहयोग

हुरीपीडितलाई चीनले गर्‍यो ५५ लाख सहयोग

काठमाडौं : छिमेकी चीनले हुरीको वितन्डामा परी समस्या भोगिरहेका नेपालीको तत्काल जीविकाका लागि सहयोग गरेको छ। चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्।

‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन्। एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्, ‘नेपालीको भावनामा हामी चिनियाँहरू सँगै छौं। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं। समस्यामा परेकालाई सहयोग रहनेछ।’

दूतावास अधिकारीका अनुसार तत्काल राहतका साथै पुनर्निर्माणमा पनि चीनले सहयोग गर्ने विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल चलाइन्। राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन्।

राष्ट्रपतिको भ्रमणबारे छलफल

प्रधानमन्त्री ओली र राजदूत होउबीच राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबारे पनि छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट राष्ट्रपति भण्डारीको उपस्थिति रहने हुनाले द्विपक्षीय समझदारीका विषयमा छलफल भएको अधिकारीको भनाइ छ।

सम्मेलन वैशाख दोस्रो साता चीनमा हुँदै छ। प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बेला भएका समझदारी कार्यान्वयन गर्दै सम्बन्ध थप उचाइमा लैजान आफू तयार रहेको बताएका थिए। उनले नेपाल–चीन सम्बन्ध उचाइमा पुर्‍याउन निर्वाह गरेको भूमिकाका लागि राजदूतलाई धन्यवाद दिँए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.