राप्रपाकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष थापासहित नेताहरु नियन्त्रणमा
काठमाडाैं : हिन्दुराष्ट्रको माग राख्दै उठेको राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा एक सय भन्दा धेरै नेताहरु घाइते भएका छन् ।
यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम हुने अवस्थामा प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो ।
प्रहरीको लाठी चार्जबाट सयभन्दा बढी कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। 'शान्तिपूर्ण पर्दशनमा हस्तक्षेप गर्नु संविधान विपरित हो' उनले भने,'राप्रपाले यस कदमलाई निन्दा गर्दछ।'