प्रतिपक्षले सघाए अध्यादेशबाट शिक्षा ऐन ल्याउँछु : शिक्षामन्त्री

प्रतिपक्षले सघाए अध्यादेशबाट शिक्षा ऐन ल्याउँछु : शिक्षामन्त्री

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्षले सहयोग गरेमा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउने बताएका छन्।

अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघको एकता घोषणासभालाई सम्बोधन गर्दै पोखरेलले सोमबार यस्तो बताएका हुन्। संघीय शिक्षा ऐन ल्याउन नसकेको भन्दै सर्वत्र आलोचना खेपिरहेका पोखरेलले ऐनको मस्यौदा तयारी अवस्थामा रहेपनि विगतमा विविध कारणले ल्याउन नसकेको स्वीकारे।

संसदको बजेट अधिवेसन सुरु भएपछि ऐन ल्याउँदा समय लाग्न सक्ने बताउँदै उनले भने, ‘मलाई प्रतिपक्षका साथीहरूले सहयोग गर्नुहुन्छ भने अध्यादेशबाट पनि ऐन ल्याउन तयार छु।’

उनका अनुसार संसदको दुवै सदनबाट पारित भएर ऐन ल्याउन न्यूनतम दुई महिना लाग्ने उनले बताए। कार्यक्रममा उनले शिक्षाको गुणात्मक विकासको लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए।

दुई अभिभावक संघ एकता भएर नेपाल अभिभावक महासंघ बनेको छ। महासंघमा सुप्रभात भण्डारी र धर्मदत्त देवकोटा समेत गरेर दुई जना संयोजक तोकिएका छन्।

‘अहिले तदर्थ समिति मात्र हो। केही समयपछि निर्वाचन गरेर एक जना मात्र अध्यक्ष रहने व्यवस्था गर्छौ’ संयोजक भण्डारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.