विप्लव समुहका दुई कार्यकर्ता पक्राउ
अछाम : नेत्रविक्रम चन्द विप्लव समुहका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।
अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढा रहेका छन् ।
दुबैजनालाई छुट्टाछुट्दै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख गाउँपालिका ७ नन्देगडाबाट पक्राउ गरिएको हो ।
बुढालाई चाहिँ चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।