राजर्षी जनक कप सुरु, वागमती युवा क्लबको विजयी सुरुवात
मलंगवा : सर्लाहीको बागमतीमा आयोजना गरिएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ ।
उद्घाटन खेलमा बागमती युवा क्लबले सरस्वती युवा क्लब काठमाडौंलाई ३–१ ले पराजित गरेको छ । खेल बागमती नगरपालिका–११ स्थित स्व.सन्तोष श्रेष्ठ खेल मैदानमा आयोजना गरिएको थियो ।
खेलको म्यान अफ द म्याच दुई गोल गर्ने विमल घिसिङलाई प्रदान गरिएको छ । घिसिङलाई नगद रु १० हजार प्रदान गरिएको छ ।
प्रतियोगिताको दोस्रो खेल हिमालयन शेर्पा काठमाडौं र एपिएफ क्लब काठमाडौंबीच हुने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिएका छन् ।
खेलको उद्घाटन नेकपाका नेता तथा पूर्व सहरी विकास मन्त्री प्रभु साहले गरेका थिए ।