मुसीकोटमा स्थानीय नाचको रौनक (फोटो फिचर)
रुकुम पश्चिम : रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा चैत २४ गतेदेखि कर्णाली प्रदेशस्तरीय बृहत साँस्कृतिक सम्मेलन चलिरहेको छ। सम्मेलनको दोस्रो दिन सोमबार बराहटाकुरा मैदान मौलिक नाचको रौनकले रंगिन बन्यो।
कालिकोट जिल्लाको हुड्के नृत्यसँगै रुकुम पश्चिमका मयुर नाच, सिंगारु नाच, बनगारी नाच, पैसेरु नाच, कलश नाचका साथै ठाडी र झ्याउरे भाकामा अनि पञ्चेबाले मुसीकोट गुञ्जियो। हजारौँ दर्शकका माझमा जिल्लाका ६ वटै स्थानीय तहका प्रस्तुतिका साथै रुकुम पुर्व र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मौलिक प्रस्तुतिमा दिनभरि नै दर्शक रमाए।
‘कला संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रचार, समृद्धि र समाजवादको आधार’ भन्ने मुल नाराको साथ जिल्ला समन्वय समिति रुकुम पश्चिमको आयोजना र रुकुम कला संस्कृति मञ्चको सहआयोजनामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार उद्घाटन गरेको यो कार्यक्रम आज पनि चल्नेछ।
प्रतिनिधि तस्बिरहरुः