बेवारिसे शिशु अपनाउन अस्पतालमै

बेवारिसे शिशु अपनाउन अस्पतालमै

भद्रपुर : झापाको भद्रपुरस्थित सगरमाथा चोकमा चैत १३ गते राति बेवारिसे शिशु फेला पर्‍यो। मेचीनगर–७ सटीघट्टाका कमल खनाल भोलि बिहान श्रीमतीसहित मेची अञ्चल अस्पताल पुगे। त्यही दिन उक्त शिशु स्याहार्दै खनाल दम्पती अस्पतालमै बसेको छ। यतिका दिन बिते पनि जिल्ला प्रशासनले बच्चा कानुनी रूपमा कसैलाई जिम्मा लगाएको छैन।

बच्चा आफू लैजान तीन जोडीले आर्थिक प्रलोभन देखाएको कमलले सुनाए। उनका अनुसार बच्चा दिए कसैले ३ लाख, कसैले ५ लाख दिने लोभ देखाए। ‘३० हजार रुपैयाँ खर्च भइसक्यो’, उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले अभिभावक नतोक्दा १२ दिनसम्म बच्चा स्याहारेर बसेका छौं।’ २०५८ माघ १३ गते बिहे गरेको खनाल दम्पतीको सन्तान छैन। काखमा बच्चा निद्रामै मुसुक्क हाँस्दा उनीहरू पनि हाँस्छन्। ‘दूध मागेको, दिसा–पिसाब गरेको कुरा उसको इसाराबाटै थाहा हुन थालेको छ’, कमलले भने, ‘जुन दिन कानुनले हाम्रो हातमा दिन्छ त्यही दिन विधिवत न्वारन गर्नेछौं। अहिले काखे भइसक्यो। आमाको काख खोजिरहन्छ।’

बेवारिसे बच्चा कसैलाई जिम्मा नलगाएसम्म प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई अभिभावक मानिन्छ। यो बीचमा झापाका सीडीओ जनकराज दाहाल काठमाडौं गए। काठमाडौंबाट फर्किए पनि उनले बच्चाका लागि समय दिएका छैनन्। उनी कार्यक्रममा सहभागी हुन भारत आउजाउ गरिरहेका छन्।

सहायक सीडीओ कृष्णचन्द्र पौडेलले जिल्ला बाल कल्याणसँग मिलेर सोमबार कुरा गरिने बताएका थिए। अब मिति सरेर बुधबार पुगेको छ। ‘यो घटना सीडीओले हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यसैले उहाँको समय मिलेपछि मिटिङ बस्छ।’

बच्चा अपनाउनका लागि प्रशासन कार्यालयमा पाँच जनाको निवेदन परेको छ। खनाल दम्पतीले पनि धर्मपुत्र बनाउन भन्दै चैत १५ गते निवेदन दर्ता गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.