नागरिकता सम्बन्धी सर्वोच्चको आदेशमा राजपा असन्तुष्ट
काठमाडौं : नागरिकताकाे विषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई राष्ट्रिय जनता पार्टी (राजपा)ले विरोध गरेको छ। राजपा अध्यक्ष मण्डलको बैठकपछि मंगलबार संयोजक शरदसिंह भण्डरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति राजपा दुखी भएको जानकारी दिएका छन्।
राजपा अध्यक्ष मण्डल बैठकले सरकार र न्यायालय नेपालको तराई-मधेशदेखि पहाडसम्म रहेको नागरिकता समस्यालाई सुल्झाउन तयार नरहेको आरोप सकेच लगाएको छ। नागरिकताबाट बन्चित लाखौं नागरिकलाई समस्यामा पार्ने काम भइरहेको समेत विज्ञप्तिमा आरोप लगाइएको छ।
हेर्नुस्, विज्ञप्ति