बाँदर आतंक नियन्त्रण गर्न प्रशासनमै स्थानीयको डेलिगेसन

बाँदर आतंक नियन्त्रण गर्न प्रशासनमै स्थानीयको डेलिगेसन

गाईघाट : बाँदरले महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिका १५ का स्थानीयबासी नियन्त्रणको माग गर्दै मंगलबार प्रशासन पुगेका छन्। एक महिनायता जंगलबाट निस्किएका समूहगत बाँदरले खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुका साथै नष्ट गर्न थालेपछि स्थानीय आजित भएर प्रशासन पुगेका हुन्। 

घरभित्र पाकेको खाना, भकारीभित्र राखेका धान, मकै, कोदो खाइदिने र महिला बालबालिकालाई आक्रमण नै गर्न थालेपछि स्थानीय प्रशासनको ध्यानाकर्षणका लागि डेलिकेसन जानु परेको वडासदस्य कुलबहादुर खत्रीले बताए। 

जंगली जनावरलाई मार्दा कानुन लाग्ने भएकाले अन्य कुनै उपायबाट नियन्त्रण लिनका लागि प्रशासनलाई अनुरोध गरिएको उनको भनाई छ।'अन्नपात मात्र खाँदा त सहेकै थियौं, वडासदस्य खत्रीले भने, 'धपाउन गएका महिला तथा बालबालिकामाथि नै आक्रमण गर्न थालेपछि आतंक नियन्त्रणको माग गरेका हौं।'

बाँदरले हिँडै्दै गरेका र घरमा बसेका महिला तथा बालबालिकालाई चिथोर्ने, टोक्नेसमेत गर्ने गरेको टिकादेवी बस्नेतले बताइन्। बाँदरको आक्रमणबाट आधा दर्जन महिला तथा बालबालिका सामान्य घाइते भएको उनको भनाई छ। काम सकेर आरामले खाना खाउँला भनेर पकाएर राखेको खानासमेत खान नपाएपछि सर्वसाधरण निकै चिन्तित भएका छन्। बस्नेतले, 'बिहान मेलापात जानुअघि खाना पकाएर जानुपर्छ, आउँदा बाँदरले खाइसकेको हुन्छ।'
 
बाँदरबाट आजित भएपछि स्थानीयले वडा सदस्य खत्रीको नेतृत्वमा १२ सदस्य बाँदर आतंकविरुद्धको संर्घष समिति नै गठन गरी नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र उपाय खोज्नेसमेत निर्णय गरेका छन्। बाँदरको त्रासमा जीवन बिताइरहेका स्थानीयले मंगलबार वडाध्यक्ष निरबहादुर मगरलाई नै लिएर प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीलाई निवेदन दिएका छन्। 

स्थानीय ५५ घरपरिवारले संयुक्तरुपमा हस्ताक्षर गरी दिएको निवेदनमा बाँदर नियन्त्रण, वैकल्पिक बसोबासको व्यवस्थापन, क्षतिपूर्ति उपलब्ध गराइ दिनसमेत माग गरिएको छ।

स्थानीयको निवेदन बुझ्दै प्रजिअ कार्कीले नियन्त्रणका लागि सम्बन्धित निकाय डिभिजन वन कार्यालयलाई परिपत्र गरिने बताए । उनले भने, 'नियन्त्रणका लागि प्रशासनले गर्नसक्ने अवस्था छैन्, त्यसैले जंगली जनावर भएकाले वन कार्यालयले यसको उचित रेखदेख गर्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.