झड्केली छोरी बलात्कार आरोपमा बाबु पक्राउ

झड्केली छोरी बलात्कार आरोपमा बाबु पक्राउ

भक्तपुर : दुई वर्षदेखि १५ वर्षीया झड्केली छोरीलाई पटकपटक जबरजस्ती बलात्कार गर्दै आएको आरोपमा बाबु पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरले रामेछाप उमाकुण्ड गाउँपालिका १ स्थायी घर भई हाल भक्तपुरको चागुँनारायण नगरपालिका २ दुवाकोट बस्र्दै आएका ३५ वर्षीय बाबुलाई आइतबार साँझ पक्राउ गरेको हो।

परिसरका अनुसार निजले आफ्नै झड्केली छोरीलाई विगत दुई वर्षदेखि डरत्रास देखाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। 

आइतबारमात्रै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त ठिमीमा आफ्नै श्रीमानविरुद्ध छोरीमाथि जबरजस्ती करणी गरेको उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

आमाले दिएको उजुरीकै आधारमा आइतबार नै बुबालाई नियन्त्रणमा लिइएको उनले बताए। प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार बालिकाले आमालाई एक वर्षअघि नै आफूलाइ बाबुले कुकृत्य गर्ने गरेकोबारे थाहा दिएका थिए।

‘छोरीको कुरा सुनेपछि आमाले बाबुसँग सोधपुछ गर्दा अरुलाई भनिस् भने आमाछोरी दुवैलाई सफाचट्ट गर्ने धम्की दिएको रहेछ’, उनले भने, ‘मार्ने धम्की दिएपछि आमाछोरी दुवैले सहँदै आएका रहेछन्।’


चैत २३ गते शनिबार आमाछोरी दुवैले हिम्मत गरेर बाबुले छोरीमाथि पटकपटक बलात्कार गर्दै आएको कुरा खुलाएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

‘साथीबीच कुरा उठेपछि सबैले यस्ता घटनाबारे प्रहरीकहाँ जानुपर्छ भनेपछि आइतबार आमाछोरी प्रहरीकहाँ उजुरी दिन आए’, उनले थपे, ‘उजुरीलगत्तै आमाछोरीलाई परामर्श दिँदै तत्काल बाबुलाई नियन्त्रणमा लियौं।’

उनका अनुसार पछिल्लोपटक चैत १५ गते बालिका बाबुबाट बलात्कृत भएकी थिइन्। गाडी चलाउने बाबुले श्रीमती काममा गएको मौका छोपेर छोरीमाथि जबरजस्ती करणी गर्दै आएका थिए।

‘बालिकाले बताएअनुसार धेरैजसो आमा काममा गएपछि बाबुले बलात्कार गर्ने रहेछन्’, प्रहरी नायब उपरीक्षक पोखरेलले भने, ‘कहिले स्कुलबाट फर्केपछि त कहिले स्कुल नै जान नदिएर सौतेनी बाबुले पटकपटक जबरजस्ती करणी गर्दै आएका रहेछन्।’

उनका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको छ। त्यस्तै प्रहरीले बाबुलाई सोमबार जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.