दोलखामा सालकको ४ केजी अखेटोपहार बरामद
दोलखा : चरिकोटस्थित सशस्त्र प्रहरी बलको टोलीले प्रतिबन्धित वन्यजन्तु सालकको ४ केजी अखेटोपहार बरामद गरेको छ ।
संकलक भने फरार रहेको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ । कालिञ्चोक गाउँपालिका–२, बाबरे पृथ्वीटोलबाट प्रतिबन्धित सालकको ४ किलोग्राम अखेटोपहार बरामद गरेको सशस्त्र प्रहरी बल दोलखाका सहायक प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।
सालकको अखेटोपहारको अवैध कारोबार भइरहेको भन्ने विशेष सुराकीको आधारमा सोमबार साँझ ६ बजे खानतलासी गर्दा अखेटोपहार बरामद गरेको सई शेर्पाले बताए ।
अखेटोपहार नियन्त्रणमा लिने क्रममा संलग्न व्यक्तिहरु भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको ४ केजी अखेटोपहार मंगलबार दिउसो डिभिजन वन कार्यालय चरिकोटलाई बुझाइएको सशस्त्र प्रहरी बल दोलखाका डिएसपी किरण कठायतले जानकारी दिए ।