गुटबन्दी विरुद्ध कांंग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन
पोखरा : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलन पार्टी भित्रका गुट उपगुटक विरुद्ध केन्द्रित हुने नेताहरुले बताएका छन्। पार्टी भित्रको गुटउ पगुट कांग्रेस भित्रको सबैभन्दा ठुलो रोग भएकोले यसको उपचार गरिनु पर्ने नेताहरुले बताएका हुन्।
जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमिति चैत्र २८ र २९ गते हुदैछ। स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको हार हुनुको साथै पछिल्लो बारको निर्वाचनमा समेत गुटकै कारण अध्यक्षले हार बेहोरनु परेको कांग्रेस काठमाण्डौंका अध्यक्ष गोबिन्द पुडासैनीले बताए।
गुटउपगुटका कारण पार्टीको काममा निरन्तर लागिरहने क्षमतावान, इमान्दार, जनस्तरमा भिजेका कार्यकता पछि परेको उनले बताए। टिकट दिदा गुटउपगुट भन्दा पनि जनस्तरमा भिजेको, जनताको मन जित्ने गरि काम गरेका कार्यकर्तालाई दिनु पर्नेमा त्यसो नहुँदा पाटी पछि परेको उनले सुनाए।
सम्मेलनलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरुले सम्वोधन गर्ने छन्। पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथअघि बढ्न दबाबमूलक सुझाव दिने कांग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेले बताइन्।