जनक कप फुटबल : एपीएफसँग हिमालयन शेर्पा पराजित

जनक कप फुटबल : एपीएफसँग हिमालयन शेर्पा पराजित

मलंगवा : राजर्षी जनक कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ। एपीएफले हिमाालयन शेर्पालाई १–० ले पराजित गरेको हो। 

खेलको ७१ औं मिनेटम एपीएफका सन्तोष श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। एपीएफका कप्तान टोप विष्टले गरेको प्रहार हिमालयनका गोल रक्षकको खुट्टामा लागेर फर्किएको बल नियन्त्रणमा लिँदै सन्तोषले उत्कृष्ट गोल गरेका थिए। 

खेलको ४० औं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठको सशक्त प्रहार एपीएफको पोस्टको क्रसबारमा लागेर फर्किएको थियो। 

खेलमा एपीएफका राजन गुरुङ म्यान अफ दि म्याच बने। उनले १० हजार रुपैयाँ पाएका छन्। बुधबार आयोजक बागमती युवा क्लब निलो र रुस्लान थ्रिस्टार क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.