यौन दुव्र्यवहार गरेको अभियोगमा १५ वर्षे बालकलाई कैद

यौन दुव्र्यवहार गरेको अभियोगमा १५ वर्षे बालकलाई कैद

गाईघाट : तीन वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा धरौटीमा रिहा भएका १५ वर्षीय एक बालकलाई जिल्ला अदालत उदयपुरले सजाय सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले मंगलबार ती बालकलाई ९ महिना कैद सजायको फैसला सुनाएको छ ।

कसुरदारले यौनदुव्र्यवहार गरेको कसुर ठहर गर्दै ९ महिना बालसुधार गृहमा बसी कैद भुक्तान हुने गरी फैसला सुनाइएको हो । कसुरदारले पीडितलाई ०७५ भदौ २६ गते यौनदुव्र्यवहार गरेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

पीडितको निवेदनपछि भदौ ३० गते पक्राउ परेका कसुरदारलाई अदालतले असोज २२ गते ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (१) विपरित बालविज्याई गरेकोमा सोही दफा २२५ (३) अनुसार १ बर्ष ६ महिना सजाय हुने व्यवस्था छ ।

सोही दफाअनुसार कसुरदार नावालक ठहरिएकाले उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था रहेकाले ९ महिना कैदको फैसला सुनाइएको श्र्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.