संघीयता कार्यान्वयनमा सरकार असफल भयो : सशांक कोइराला

संघीयता कार्यान्वयनमा सरकार असफल भयो : सशांक कोइराला

बेसीसहर : नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले संघीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले संघीयता कार्यान्वयन असफल दिशातर्फ अघि बढेको बताए ।

सरकारले विकास निर्माणदेखि सबै निकायमा केन्द्रिकृत हस्तक्षेप गरेको उनको आरोप थियो । संविधानले स्थानीय र प्रदेश सरकारलाई दिएको अधिकार प्रधानमन्त्री आफैँमा केन्द्रिकृत गरेर संघीयतालाई असफल बनाउनेतर्फ अघि बढेको उनको टिप्पणी थियो ।

सविधानले दिएको अधिकार प्रदेश र स्थानीय सरकारमा प्रत्याजन गर्न सरकारले आनाकानी गर्न नहुने पनि उनले बताए । सरकारले विकास निर्माणको काम नगरी सपना मात्रै बाँडेको भन्दै नेता कोइरालाले सरकारको आलोचना गरे ।

‘सबैतिर हस्तक्षेप छ । सुरक्षा परिषद् समेत प्रधानमन्त्रीले चलाउने भनिएको छ । एक्लै सरकार चलाउने रणनीतिमा ओली लागेका छन् ।’ नेता कोइरालाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.