आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : आज पाँच खेल हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : आज पाँच खेल हुने

बुटवल : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजबाट सुरु हुँदै छ। प्रतियोगिताअन्तर्गत पाँच जिल्लामा पाँच खेल आजबाट सुरु हुने छ। रुपन्देहीको बुटवलमा लन टेनिस हुनेछ।

दाङको घोराही कभर्ड हलमा टेबुल टेनिस पनि आजदेखि नै हुँदै छ। कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, बाँकेको मंगलप्रसाद माविमा पुरुष हक्की पनि आजबाट नै हुँदै छ। यस्तै स्क्वास प्रतियोगिता भने ललितपुरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेल हुँदै छन्। वैशाख ५ गते औपचारिक उद्घाटन हुने भए पनि त्यसअगावै अधिकांश खेल सुरु भइसक्ने छन्। लन टेनिसका खेलाडी बुटवल आइसकेका छन्। लन टेनिसमा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, एपीएफ, त्रिभुवन आर्मी र एनआरएन गरी ६ टोलीको सहभागिता छ। प्रतियोगितामा विभिन्न उमेर समूहमा २८ पुरुष र १५ महिला खेलाडी रहेको रुपन्देही संयोजक गोपाल ज्ञवालीले जानकारी दिए।

लन टेनिससहित रुपन्देहीमा ६ खेल हुने छन्। सबै खेलको तयारी पूरा भएको आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ५ को बाँकेमा सबैभन्दा धेरै खेल हुने छन्। कपिलवस्तु, बर्दिया, दाङ, रुपन्देही, बाँके, कास्की, काठमाडौं र ललितपुरमा विभिन्न खेल हुँदै छन्।

रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले रुपन्देहीमा हुने प्रतियोगिताको तयारी सकिएको बताए। ‘यहाँ हुने सबै प्रतियोगिताको तयारी पूरा भएको छ, लन टेनिसको उद्घाटन प्रदेशका सामाजिक विकास मन्त्रीले गर्दै हुनुहुन्छ’, उनले भने। लन टेनिसका लागि राष्ट्रिय खेलकुद परिषद्ले बुटवलको देवीनगरमा प्यारापिट सहितको कोर्ट निर्माण गरेको छ।

प्रतियोगिताका लागि आएका खेलाडीमा उत्साह देखिएको छ। गण्डकी प्रदेशका खेलाडी विगतमा जस्तै उपाधि हात पार्ने रणनीतिसहित बुटवलमा आएका छन्। लन टेनिसका प्रशिक्षक निरज थापाले उपाधि लिएर प्रदेश फर्किने बताए।

रुपन्देहीमा हुने अन्य खेलमध्ये पुरुष फुटबल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर, पुरुष क्रिकेट सिद्धार्थ रंगशाला भैरहवा, तेक्वान्दो भैरहवाको ब्याडमिन्टन कभर्ड हल, शारीरिक सुगठन बुटवलको कान्ति माविमा हुने छन्। पुरुष फुटबल वैशाख ४ देखि सुरु हुन ेछ भने शारीरिक सुगठन वैशाख ६ गते हुने जनाइएको छ। भैरहवामा पुरुष क्रिकेट वैशाख ३ बाट सुरु हुने छ। प्रतियोगिताको समापन नेपालगन्ज रंगशालामा वैशाख ११ गते हुने छ।


आठाैंको ओलम्पिक टर्च सब प्रदेशमा 

प्रदेश नम्बर ५ को नेपालगन्जमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च सातवटै प्रदेशमा लगिने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको व्यवस्थापनका चर्टको र्‍याली गराइन लागिएको हो ।

र्‍याली चैत २९ देखि प्रदेश १ को केन्द्र विराटनगरबाट सुरु हुने छ । त्यसपछि अन्य पाँचवटा प्रदेशको भ्रमणपछि वैशाख ५ गते नेपालगन्ज रंगशालामा हुने उद्घाटन सत्रमा दीप प्रज्वलन गरेपछि सकिने छ । टर्च र्‍यालीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक व्यवस्था गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक श्रेष्ठले बताए । ओलम्पिक र्‍यालीमा सबै प्रदेशका ओलम्पियन खेलाडीलाई प्रतिनिधित्व गराइने छ, जसमा १४ जना ओलम्पियन सहभागी हुने छन् ।

विराटनगरमा र्‍यालीको शुभारम्भ ओलम्पियन जितबहादुर केसीले गर्नेछन् । अन्तिममा नेपालगन्जमा ओलम्पियन सुरेन्द्र हमालले दीप प्रज्वलन गर्नेछन् । र्‍यालीमा ओलम्पियनहरू हरिबहादुर रोकाय, पुष्पराज ओझा, डम्बर कुँवर, दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, संगीना वैद्य, विमला रानामगर, पार्वती थापा, मेनुका रावत, अनिता श्रेष्ठ र कमलबहादुर अधिकारी सहभागी बन्ने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.