विद्यालयलाई सेनाको शौचालय उपहार

विद्यालयलाई सेनाको शौचालय उपहार

जुम्ला : जिल्लाको गुठिचौर गाउँपालिका- ४ स्थित सत्यवादी माध्यामिक विद्यालय दशौदीलाई नेपाली सेवाले शौचालय उपहार दिएको छ। अपांगमैत्री र बालमैत्री दृष्टिकोणले यो शौचालय गाउँपालिकाकै नमुना शौचालय हो।

भगवतीदल गण जुम्लाको आन्तरिक सहयोगमा विद्यालय प्रांगणमा निर्माण सम्पन्न उक्त दुई कोठे शौचालयको मंगलबार चाबी हस्तान्त्रण तथा उद्घाटन समेत गरिएको छ।

आफूलाई शौचालय उपहार दिएकोमा खुसी व्यक्त गर्दै विद्यालयले भगवतीदल गणलाई सम्मान गरेको छ। नव निर्मित छात्र, छात्रा शौचालयमा हिलट्यांकीसहित खानेपानी धाराको व्यवस्था छ।भने सेनाकै सहयोगमा दुई कोठे पुरानो शौचालय समेत मर्मत गरी जस्तापाता फेरिएको छ।

शौचालय बनाउँदा काठ्, ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, टायललगायत सबै सामाग्री तथा ज्यामी गणले आफै व्यवस्थापन गरेको हो। भगवतीदल गण गणपति तथा प्रमुख सेनानी मदन जंग कार्कीले शौचालयको चाबी हस्तान्त्रण गर्दै सेनाले दिएको उपहारलाई दीगो संरक्षण गर्न विद्यालयलाई अनुरोध गरे।

उनका अनुसार सेनाले जनहित कार्य अन्र्तगत विद्यालयलाई शौचालय बनाइ दिएको हो।सेनाले सुविधायुक्त शौचालय बनाइ दिएपछि साना बालबालिकादेखि महिनावारी हुने छात्रालाई समेत सहज भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.