सामुदायिक बनमा भेटियो मानव कंकाल

सामुदायिक बनमा भेटियो मानव कंकाल

स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका १ बेत्ताल सामुदायिक बनमा बुधबार साँझ मानव कंकाल भेटिएको छ। उक्त कंकाल पुतलीबजार नगरपालिका १३ बस्ने धनसिंह घर्तिले आफ्ना भाई ड्यामबहादुर घर्तिको भनि पहिचान गरेका छन्। 

पाँच महिनाअघि घरबाट निस्केका उनी वेखबर रहेको बताईएको छ। उनका दाजु ६२ वर्षीय धनसिंह घर्तिले आफना सहोदर भाई ५२ वर्षीय ड्यामबहादुर घर्ति हराएको भन्दै ६ महिनाअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ।

बाबा, आमाको मृत्यु भैसकेको र बुहारीले पनि छाडेर गएपछि, आफुसँगै बस्दै आएको भाई कात्तिक ६ गतेदेखि घरबाट निस्केको र खोजी गर्दा नभेटिएको भन्दै ५ दिनपछि हुलियासहित निवेदन प्रहरी कार्यालयमा दर्ता गराएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। 

मृतकले लगाएको कपडाका आधारमा कंकाल पहिचान भएको र पोष्टमार्टमका लागी पठाइएको उनले बताए। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.