महिलामैत्री मुलुक र सुरक्षा

महिलामैत्री मुलुक र सुरक्षा

द्वन्द्वरत र त्यसमा पनि धार्मिक कट्टरता भएका मुलुकमा महिला हिंसाको सिकार हुने गरेका छन्।


कुनै पनि राष्ट्रको वातावरण महिलामैत्री हुन ती देशका जनताको स्वभाव र चारित्रिक व्यवहारमा निर्भर हुन्छ। अमुक राष्ट्रको सभ्यताको विकास कसरी भएको छ ? त्यहाँ द्वन्द्व हुने गरेको छ वा छैन यी विषयले पनि महिलाको स्वतन्त्रता र सुरक्षामाथि प्रभाव पारेको हुन्छ। धर्म र सामाजिक विकास कसरी भएको छ, जस्ता विषय पनि विचारणीय हुन्छन्।

द्वन्द्वरत मुलुक र त्यसमा पनि धार्मिक कट्टरता छ भने निश्चय नै महिला हिंसाको सिकार हुने गर्छन्। मैले सन् २०१४ मा जापान र २०१५ मा चीनको भ्रमण गर्ने अवसर पाएको थिएँ। दुवै देशमा महिला रोजगारीको सिलसिलामा आधा रातमा निश्चिन्त भएर एक्लाएक्लै हिँडेको देखेकी थिएँ। त्यहाँका कानुन र कार्यान्वयन कठोर छ। सरकार महिलाको सुरक्षाको निम्ति प्रतिबद्ध पनि छ तर भनिन्छ हिंसाको आँकडा अध्यायन हुँदा ती देशमा पनि महिलाको सुरक्षा स्थिति कमजोर भनिँदो रहेछ।

वासिंगटन पोष्ट्ले केही समयअघि महिला सुरक्षा र स्वतन्त्रता बारेमा अध्ययन गरी सन् २०१७ मा प्रकाशित गरेको प्रतिवेदनमा आइसल्यान्ड, डेनमार्क, फिनल्यान्ड, अस्टे«लिया, स्विट्जरल्यान्ड, निदरल्यान्ड, न्युजिल्यान्ड, क्यानडा, स्विडेनलगायत केही युरोपियन र एसियन मुलुकलाई सुरक्षित र महिलामैत्री भएको उल्लेख गरिएको छ। भनिन्छ, संसारमा महिलाविरुद्ध हुने हिंसारहित देश कुनै पनि छैन। मात्र कमबेसीको फरक मात्र हो। तथापि उपरोक्त उल्लिखित मुलुकमा अन्य महिला हिंसा हुने देशभन्दा न्यून हिंसा हुने गरेका छन्।

महिला स्वतन्त्र छन्, सुरक्षित पनि छन्। महिला सुरक्षामा आइसल्यान्ड एक नम्बरको राष्ट्र मानिन्छ। यहाँका महिलाले सन् १९५० मा नै पैतृक सम्पत्तिमा समान हक प्राप्त गर्ने कानुन पाएका थिए। महिला पुरुषबीच व्यावहारिक रूपमा समानता छ। पुरुषले महिलाको कदर गर्छन्। स्वास्थ्य सेवा शिक्षा, राजनीति सबैमा महिलालाई समान अधिकार छ। त्यहाँका महिला जुनबेला पनि एक्लाएक्लै हिँड्न सक्छन्। महिला विकास, महिला सुरक्षा र स्वतन्त्रता बारेमा युनिफेम नामक संस्थाले महिला सवालमा काम गरेको छ।

यस्तै संयुक्त राष्ट्रसंघले १५६ राष्ट्रमध्येमा फिनल्यान्डलाई छैटौं नम्बरको शान्त देश भनी नामकरण गरेको थियो। त्यहाँ महिला सुरक्षा उच्चस्तरीय मात्र छैन सरकारले प्रत्येक दुई वर्षमा महिला सुरक्षाबारेमा समीक्षा गर्ने गरेको छ। आवश्यक परे थप सुरक्षा उपाय तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्थासमेत गरेको छ। त्यहाँ पनि महिला दिनरात जतिबेला पनि एक्लाएक्लै हिँड्न स्वतन्त्र छन्। महिलाको हकमा हर क्षेत्रमा समावेशीको सिद्धान्त लागू गरिएको छ।

डेनमार्कमा पनि पुरुष र महिलाबीच कुनै भेदभाव पाइँदैन। महिलाहरू रोजगारी गर्न र एक्लाएक्लै यात्रा गर्न स्वतन्त्र छन्। यहाँका सुरक्षा व्यवस्था कडा छ। सरकारले आफ्नो नीतिमा पुरुष र महिलाले समान स्तरको जीवन निर्वाह गर्न पाऊन् भन्ने धारणा राखेको पाइन्छ। भनिन्छ, अस्ट्रिया महिलाका निम्ति निकै सुरक्षित छ, उनीहरूको स्वतन्त्रता र सुरक्षाबारेमा पनि सचेत छ। मात्र ग्रामीण क्षेत्रका बासिन्दाको व्यवहारमा रुखोपन हुनु र सहरमा केही माग्ने प्रवृत्तिका मानिसको व्यवधान झेल्नुपर्ने स्थिति छ। महिला हिंसा, महिला हत्या, प्रताडना भन्ने सुनिँदैन। महिला यात्रा, रोजगारी गर्न र स्वतन्त्रपूर्वक जिउन सक्षम छन्।

भनिन्छ, स्विट्जरल्यान्ड महिलानिम्ति स्वर्ग देश हो। सन् १९९० मा महिला हकसम्बन्धी कानुनमा व्यापक परिवर्तन गरी उद्धार व्यवस्था कायम गरिएको थियो। यहाँ वैवाहिक बलात्कारलाई सन् १९९२ मा अपराध घोषित गरी सन् २००४ देखि सजायको व्यवस्था पनि गरिएको थियो। राजनीतिमा महिलाको सहभागितालाई खुला गरिएको हुँदा सन् २०१० मा मन्त्रिमण्डलमा ६ जना मन्त्री महिला बन्न सकेका थिए। स्विट्जरल्यान्डमा दुव्र्यवहारको परिभाषामा बालबालिकाको हेरचाह नगर्नु, बूढाबूढीको सेवा नगर्नु, जीवनसाथीको सेवा नगर्नुलाई पनि अपराधको परिभाषाभित्र राखिएको छ। त्यहाँ अपराधको नाममा महिलाविरुद्ध हिंसा, हत्या हुँदैन बरु सानातिना चोरी हुने गरेको छ। विशेषता यात्रामा त्यस्ता चोरी सम्भव छ। अन्यथा वातावरण महिलामन्त्री छ, रोजगारी, एक्लो यात्रा त्यहाँ सम्भव छ।

निदरल्यान्डमा पनि शान्ति छ। महिलामैत्री वातावरण मात्र होइन सुरक्षा पनि छ। लैंगिक समानता कायम छ। सन् २०१५ मा एउटा सम्मेलनमा भाग लिन जाँदा मैले देखेँ, त्यहाँ त उच्च पदाधिकारीदेखि आम जनसाधारण ट्रामको यात्रा गर्ने बढी साइकल चलाउने गर्दा रहेछन्। सन् १९५६ भन्दा पहिले विवाहित महिलालाई रोजगारीमा प्रतिबन्ध थियो। त्यसपछि मात्र स्वतन्त्रता पाए। विवाहअघि काम गरे पनि विवाहपछि छोडिदिने गर्दथे। त्यस्तै वेतनमा पनि महिला पुरुषबीच भेदभाव थियो। अब डच सरकारले महिला पुरुषबीच स्वतन्त्रता कायम गरेको छ। न्युजिल्यान्डमा शारीरिक, मानसिक, यौनजन्य र मनोवैज्ञानिक हिंसा, धम्की र सम्पत्ति नष्ट आदिलाई पनि हिंसाको परिभाषाभित्र राखिएको छ। यहाँका प्रहरी सक्रिय छन्। अपराध गर्नेलाई कठोर सजाय दिइन्छ। प्रहरीको केही हटलाइन नम्बर छन्। महिलाको सुरक्षामा तत्परता देखाइन्छ। त्यहाँ महिलाको सुरक्षा मात्र गरिन्छ। महिलाको परिवार, आवासस्थल र रेलयात्रामा विशेष सुरक्षा दिने व्यवस्था छ।

हामीले महिला, सुरक्षा, स्वतन्त्रता र सामथ्र्य प्राप्त गर्न आइसल्यान्ड, डेनमार्क, फिनल्यान्ड, अस्ट्रेलिया, निदरल्यान्ड, न्युजिल्यान्ड, क्यानडा, स्विडेनलगायतका मुलुकबाट पाठ सिक्न आवश्यक छ।

त्यस्तै क्यानडा, अस्ट्रेलियामा त्यत्तिमै सुरक्षा र संरक्षण प्रदान गरिएको छ। महिलाहरू दुवै देशमा यात्रा गर्न स्वतन्त्र छन्। क्यानडामा महिलाको आर्थिक विकास गराउन ठूलो प्रयास गरिएको छ। अस्ट्रेलियामा केही हत्याका वारदात भए पनि महिलाको हकमा सुरक्षित छन्। सन् १९९४ मा यहाँ महिला पुरुषबीच लैंगिक समानताको कानुन लागू गरिएको थियो। क्यानडाले प्रताडित महिलासम्बन्धी कानुनको व्यवस्था र यसको कार्यान्वयन गरेको छ। हिंसाका सिकार भएका महिलाले अपराध गरेमा सजाय न्यून गरिने व्यवस्था छ। स्विडेनमा महिला स्वतन्त्र छन्। रोजगारी वा कुनै पेसा व्यवसाय गर्न तथा यात्रामा कुनै कठिनाइ छैन। यहाँ पुरुषले महिलाको सम्मान र सुरक्षालाई महŒव दिएको देखिन्छ। तर महिला विकासको सम्बन्धमा र अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५ लागू गर्न अन्य मुलुकमा स्विडेनको प्रयास रहेको पाइन्छ। यस क्षेत्रमा स्विडेनको ठूलो लगानी छ।

उपरोक्त १० मुलुकमा लैंगिक समानता कायम छ। महिला स्वतन्त्र र सुरक्षित छन्। यी मुलुकमा बलात्कार, महिला हिंसाका बारदातको सम्भावना कम छ। यी देशले सुरक्षा परिषद्को १३२५ नम्बरको प्रस्तावलाई आफ्ना मुलुकमा कार्यक्रम बनाई लागू गरेका छन्। ती कार्यक्रमको प्रत्येक दुई, तीन वर्षमा मूल्यांकन गरिन्छ। त्यस्तै महिलाविरुद्ध हुने भेदभावसम्बन्धी महासन्धि तथा यसको वैकल्पिक प्रस्तावलाई लागू गरिएको छ। महिलामैत्री उद्धार कानुन बनेका छन्। यसका अतिरिक्त युरोपियन युनियनमा आबद्ध राष्ट्रहरू संघीय जर्मनीलगायत क्यानडा, अस्ट्रेलिया फिनल्यान्ड, डेनमार्क, निदरल्यान्ड, स्विडेन, स्विट्जरल्यान्ड, न्युनिल्यान्ड, नर्वे आदि मुलुकले महिला विकासका निम्ति अविकसित मुलुकमा व्यापक आर्थिक सहयोग गरी हिंसा निवारण गर्ने काम गरेको देखिन्छ। उल्लिखित दस राष्ट्रमा अन्तरिक युद्ध र द्वन्द्व केही छैन तैपनि ती राष्ट्रले सुरक्षा परिषद्को १३२५ नम्बरको प्रस्तावलाई आफ्ना देशमा व्यापक लागू गरी अन्य सदस्य राष्ट्रहरूमा पनि त्यो प्रस्ताव लागू गराउन ठूलो सहयोग गरेका छन्।

महिलामैत्रीको सवालमा फ्रान्स, बेल्जियम, पोर्चुगल र नर्वे पनि हिंसारहित छन्। विशेषतः जर्मनी सुरक्षित छ। तर, पूर्वी जर्मनीलाई असुरक्षित मानिन्छ। अहिले पनि जर्मनीमा २१.६ प्रतिशत कम महिला वेतन पाउने गर्छन्। जर्मनीमा पनि १३२५ नम्बरको सुरक्षा परिषदको प्रस्ताव लागू गरिएको छ र यसलाई अन्य राष्ट्रमा लागू गराउन सहयोग गरेको पनि पाइन्छ। स्विडेनले आफ्नो मुलुकमा समस्या नभए पनि अन्य मुलुकमा व्यापक सहयोग गरेको पाइन्छ। पोर्चुगलमा महिला हिंसाका वारदत न्यून छन्। महिलाहरू घुम्न स्वतन्त्र छन्। चोरीका घटना भने हुने गरेको पाइन्छ। माथिका १० देश जस्तो सुरक्षित भने छैन।

फ्रान्सले १३२५ नम्बरको प्रस्तावलाई स्वीकार गरी सो मुताविक मुलुकभित्र द्वन्द्व र हिंसामा परेका महिलाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा योजना बनाई कार्यान्वयन गरेको छ। फ्रान्समा महिला अति सुरक्षित छन्। भनिन्छ, फ्रान्समा विशेषतः एकल महिला बढी बसोबास गर्छन्। पेरिसमा बसोबास गर्ने ती महिला सुरक्षित र सुखी मात्र होइन खुसी पनि छन्। फ्रान्स यस्तो राष्ट्र हो जसले १३२५ नम्बरको प्रस्ताव लागू गर्ने प्रयास गरेको छ संसारभरि। बेल्जियममा पनि महिला हिंसा हुँदैन मात्र चोरीका घटना छिटफुट हुने गरेका छन्। महिलाविरुद्धका हिंसाको वारदात नभएसरह छ। महिला हिंसाविरुद्ध सुरक्षाको व्यवस्था कायम छ।

एसियाली मुलुकमा सिंगापुर सुरक्षित छ। धेरै महिला सरकारी वा गैरसरकारी संस्थामा कार्यरत छन्। परिवारले यी महिलालाई सहयोग गर्छन्। यहाँ महिला घुम्न सक्षम छन्। राति सिनेमा हेर्ने, पर्यटकीयस्थल भ्रमण गर्न र होटेल तथा रेस्टुराँमा एक्लै बसेर खान स्वतन्त्र छन्। सहरभरि सादा पोसाकमा प्रहरी हुन्छन्। ट्याक्सी ड्राइभर इमानदार छन्। ३० वर्ष नकाटी वा विवाह नगरी ट्याक्सी चलाउने लाइसेन्स पाइँदैन। सुरक्षा कडा छ र कानुन अनि यसको कार्यान्वयनमा कठोर छ। इन्डोनेसियामा बाली पर्यटकीय क्षेत्र मात्र सुरक्षित छ। केही समयअघि बाली र आचे भन्ने ठाउँमा आतंककारी आक्रमण भएको थियो। बाली भने अहिले सुरक्षित छ। त्यहाँ कडा सुरक्षा छ।

एसियामा दक्षिण कोरिया पनि लैंगिकमैत्री छ। कारण ग्रामीण भेगका जनता सहयोगी र अतिथि देवो भव भन्ने खाले छन्। पाहुनाको सम्मान गर्छन्। महिलाको सुरक्षा कडा छ। प्रहरी सक्रिय छ। हटलाइन सेवा छन्। कानुन कठोर छ। महिलाको सुरक्षामा कोरिया जिम्मेदार छ। त्यहाँ महिला सुरक्षित र स्वतन्त्र छन्। यसपछि दक्षिण एसियामा भुटान सुरक्षित मानिन्छ। कारण यहाँ ७० हजार बुद्ध धर्मावलम्बी गुरुहरूको बसोबास छ। भनिन्छ, यसले गर्दा पनि भुटान महिलाका निम्ति सुरक्षित छ। अमेरिकी महादेशलाई महिलाको सुरक्षित स्थान नमाने पनि संयुक्त राज्य अमेरिकाको हवाई टापु सुरक्षित मानिन्छ। कारण जनता सरल छन्। मिलनसार र साधारण अनि थोरैमा सन्तुष्ट हुने बानी छ। पर्यटकीय स्थल हुँदा सुरक्षाको व्यवस्था राम्रो छ। तसर्थ पनि जुनसुकै महिला सुरक्षित छन्।

सारांशमा भन्ने हो भने नेपालमा अहिले महिलाविरुद्ध हिंसा बराबर हुने गरेको छ। घरबाहिर छोरीचेली पठाउन आत्तिनुपर्ने, महिलाले स्वयं त्रास मान्नुपर्ने अवस्था छ। हामीले महिला, सुरक्षा, स्वतन्त्रता र सामथ्र्य प्राप्त गर्नलाई यिनै मुलुकबाट पाठ सिक्न आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.