बारा र पर्साका हावाहुरीपीडितलाई गण्डकी प्रदेश सरकारबाट १ करोड सहयोग

बारा र पर्साका हावाहुरीपीडितलाई गण्डकी प्रदेश सरकारबाट १ करोड सहयोग

पोखरा : गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारका लागि आवास निर्माणमा सहयोगका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।  

गण्डकी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको ४७ औं बैठकले पीडित परिवारका लागि आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा रकम उपलब्ध गराउने गरी निर्णय गरेको सरकारको प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत व्यवस्थापन कोषबाट आर्थिक सहयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेको थियो। यसैगरी मन्त्री परिषद्को बैठकले बैशाख ७ गते हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयलमा सिफारिस गर्ने निर्णय पनि गरेको छ। यीसँगै व्यवस्थापन परीक्षण निर्देशिका पारितलगायतका ७ वटा निर्णय बिहीबारको मन्त्री परिषदको बैठकले गरेको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.