भारतको चुनाव : राहुल गान्धीमाथि ‘टार्गेट’ गरिएको कांग्रेसको दावी !

भारतको चुनाव : राहुल गान्धीमाथि ‘टार्गेट’ गरिएको कांग्रेसको दावी !

नयाँदिल्ली : कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा उम्मेद्वारी दर्ता गरेसँगै बुधबार पत्रकार सम्मेलन गरे । यस क्रममा उनको निधारमा हरियो लाइटको निशाना लगाइयो ।

जुन लाइट धेरैपटकसम्म देखाइएको थियो । कांग्रेसले भने यसरी लाइट देखाइएको कुरालाई सुरक्षा खतराको विषयसँग जोडेर ब्याख्या गरेको छ । कांग्रेसले औपचारिक रुपमै पार्टी अध्यक्ष राहुल गान्धीलाई निशाना लगाइएको अभिव्यक्ति जारी गरेको छ ।

विशेष सुरक्षा समूहका निर्देशकले जाँच गरेपछि गृह मन्त्रालयले जारी गरेको वक्तव्यमा भने यसलाई मोबाइलको हरियो लाइट भनिएको छ । जुन कांग्रेस समर्थकहरुले नै फोटो खिच्नका लागि प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

कांग्रेसका बरिष्ठ नेताहरुले गृहमन्त्रीलाई पत्र लेखेरै हरियो रङको ‘लेजर लाइट’ बाट राहुललाई साट पटकसम्म निशाना लगाइएको दावी गरेका थिए । उनीहरुका अनुसार उक्त लाइट स्पाइनर गनबाट निस्किएको लेजर लाइट जस्तै थियो । साथै आफूहरुमाथि निशाना भएको उनीहरुको भनाइ छ । कांग्रेसले यस्तो घटनामा कारवाहीको माग समेत गरेको छ । राहुलले आफू यसअघि पनि चुनावमा उठेकै क्षेत्र उत्तर प्रदेशको अमेठीबाटै उम्मेदवारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.