बैतडीमा प्रभावकारी हुँदै पञ्‍चकर्म उपचार सेवा

बैतडीमा प्रभावकारी हुँदै पञ्‍चकर्म उपचार सेवा

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- १ की हरिप्रिया भट्ट हिजोआज दिनहुँ मुस्याचोरस्थित आयुर्वेद औषधालयमा पुग्छिन्। करिब १ घण्टाको उपचारपछि उनी घर फर्किन्छिन्। बाथरोगबाट ग्रसितको उपचार गर्ने उद्देश्यले आयुर्वेद औषधालय मुस्याचोरमा पञ्चकर्म उपचार पद्दति अन्तर्गत स्वेदन र स्नेहन सेवा अर्थात् सेकाइ सेवा सुरु भएको छ।उपचार पाएपछि स्थानीयलाई सजिलो भएको छ।

'मलाई हातखुट्टा दुख्ने, जोर्नी दुख्नेलगायतका समस्या थिए। नजिकैको आयुर्वेद औषधालयमा सेकाइ सेवा लिन थालेपछि निकै सहज भएको छ, हरिप्रियाले भनिन्,' आयुर्वेदिक औषधिले शरीरमा साइड इफेक्ट पनि नगर्ने, रोग पनि निको हुने भएकाले सजिलो भएको छ।'

जिल्लाको पाटन नगरपालिका ५ का ६० वर्षीय बहादुर ठगुन्ना पनि औषधालयमा नियमित पुग्ने गरेका छन्।उनी पनि बाथरोगबाट ग्रसित छन्। उनले भने, 'हामीले औषधिका लागि भारतको पिथौरागढ जानुपथ्र्यो, धनगढी,कोहलपुर जानुपथ्र्यो।घर नजिकै आयुर्वेदिक उपचार पद्धतिबाट बाथरोगको उपचार हुन थालेपछि सजिलो भएको छ।'

स्वदेन र स्नेहन पद्धति बिरामीलाई सेकाइमार्फत उपचार गर्ने एक पद्धति भएको आयुर्वेद औषधालय मुस्याचोरका वैद्य रेखा बखरीयाले बताइन्। उनले भनिन्, 'हामीले विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गरेर बिरामीहरुको सेकाइ गर्ने गरेका छौं।यसले बाथरोगका बिरामीलाई निकै सजिलो हुन्छ। जटील खालको बाथरोग समेत यसबाट निको हुन्छ। यो पञ्चकर्म पद्दतिभित्रकै उपचार पद्दति हो।'

औषधालयमा दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको औषधालयका कर्मचारी रामदत्त भट्टले बताए। उनले गाउँघरमा बाथरोगका बिरामी धेरै भएको बताए। नजिकै निशुल्क रुपमा बाथरोगको आयुर्वेदिक पद्दतिबाट उपचार हुन थालेपछि बिरामी उपचारका लागि औषधालयमा पुग्ने गरेका हुन्।

 औषधालयमा एक मात्रै मेसिन भएकाले सबैलाई एकैपटक सेवा दिन नसकेको उनले जानकारी दिए।मुस्याचोर जस्तै शाहीलेकमा रहेको आयुर्वेद औषधालयबाट पनि स्वदेन र स्नेहन सेवा सुरु भएको छ।

त्यहाँ पनि दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेको आयुर्वेद औषधालयले जनाएको छ।आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पछिल्लो समयमा आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढ्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.