यू–१९ विश्वकप छनोट : पहिलो खेलमा नेपालको सानदार जित

यू–१९ विश्वकप छनोट : पहिलो खेलमा नेपालको सानदार जित

काठमाडौं : यू–१९ विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । मलेसियामा जारी छनोट खेलमा नेपालले सिंगापुरमाथि २१७ रनको सानदार जित निकालेको हो । 

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पाई जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरको यू–१९ टोलीले ३१  ओभरमा ६५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

सिंगापुरलाई झिनो स्कोरमै समेट्ने क्रममा नेपालका लागि पवन सर्राफले घातक बलिङ गरे । ३ विकेट लिएका उनले ६ ओभर बलिङ गर्दा जम्मा ५ रन मात्रै दिए । पवनले ५ ओभर मेडन फाले । सिंगापुरका २ ब्याट्सम्यानले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके । 

ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । १०५ बलको सामना गर्दा उनले ७ चौका र एक छक्का प्रहार गरे । त्यसपछि रासिद खानले ४७ बलमा ४८, पवन सर्राफले ५३ बलमा ४७ रन बनाउँदा कमलसिंह ऐरीले १८ बलमा ३१ र भीम सार्कीले १९ बलमा २६ रनको योगदान गरे । नेपालले दोस्रो खेलमा शनिबार यूएईको सामना गर्नेछ । 

यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र  यूएई सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.