बिस्का जात्रा : एकदिन पनि टिकेन भैरवनाथको रथ

बिस्का जात्रा : एकदिन पनि टिकेन भैरवनाथको रथ

भक्तपुर : प्रसिद्ध बिस्का जात्राको प्रमुख आकर्षण प्यागोडा शैलीका भैरवनाथको तीनतले रथ एकदिन पनि टिकेन। बिस्का जात्राको पहिलो दिन नै भैरवनाथको रथ क्षतिग्रस्त भएको हो। 

तीनतले रथका सम्पूर्ण छाना बिग्रिएर उछिट्टिएका छन्। त्यस्तै छाना अड्याउन राखिएका टुँडालहरु झरेका छन्। रथको पहिलो तलाको चारैतिर राखिएका काठका चुकुल खुस्किएर उछिट्टिएका छन्। 
बुधबार जात्राको पहिलो दिन भक्तपुर नपा-५ टौमढीबाट तानिएको रथ भनपा-९ दत्तात्रयसम्म पुर्‍याइएको थियो। एकोहोरो दत्तात्रयतिर जबरजस्ती तानिँदा रथ दायाँबायाँका घरहरुमा ठोक्किएको थियो। 

दत्तात्रय पुग्दा नै रथ जीर्ण बनिसकेको थियो। पछि टौमढीतर्फ तानिँदा रथ इनाचोस्थित एक घरमा ठोक्किएको थियो। जसले गर्दा रथका छाना खस्न पुगेको भैरव नाइके माइला छुकांले जानकारी दिए। अगाडि छ र पछाडि चार वटा मोटो डोरीले एकैबाजी तान्ने परम्पराले मच्चिएरसमेत रथ बिग्रिएको उनको भनाइ छ।

यता गुठी संस्थान भक्तपुरले चैत ३० गतेको लिंगो जात्राको लागि रथ मर्मत गरिने जनाएको छ। कार्यालयका प्रमुख हरि सुवेदीले बिहीबार र शुक्रबार जात्रा नहुने भएकाले ती दुई दिन मर्मत गरेर ३० गतेको लागि पुनः रथ सग्लो बनाइने बताए।

कार्यालयले करिब दुई लाख रुपैयाँ खर्च गरेर यस वर्षको लागि रथ बनाएको थियो। रथ चुकुलयुक्त तयारी काठ जोडजाड गरेर बनाइँदै आएको छ। त्यसैले रथ जीर्ण भए पनि पुनः जोडजाड गर्न धेरै समय नलाग्ने सुवेदी बताउँछन्।

जात्राको परम्पराअनुसार बुधबार पहिलो दिन नै भैरवनाथको रथ गःहिटी पु¥याउनुपथ्र्यो तर बुधबार राती इनाचोस्थित एक घरमा रथ ठोक्किएपछि तान्न सकिएन। जसले गर्दा रातभर इनाचोमै रहेको रथ बिहीबार बिहानमात्रै तानिएको छ। बिहीबार बिहान करिब नौ बजेमात्रै रथ गःहिटी पुगेको हो। 

अनावश्यक भार 

भैरवनाथको रथमा अनधिकृत व्यक्तिहरु बस्न यस वर्ष पनि रोकिएन। अघिल्ला वर्षहरुमा रथमा अनधिकृत व्यक्तिहरु धेरै बसेको निहुँ निकालेर रथ तान्ने जात्रालुहरुले उनीहरुमाथि ढुंगामुढा गरेका थिए। तर, यस वर्ष ढुंगामुढा गर्नेजस्ता कुनै अप्रिय घटना भने भएन।
जात्रा व्यवस्थापन प्रचलनअनुसार भैरव नाइके, गुठीयार र खान्कीहरु रथका चारै दिशामा चारचारजना गरी १६ जनामात्रै बस्ने व्यवस्था छ। तर, बुधबार रथभरि अनधिकृत व्यक्तिहरु सवार थिए।

अघिल्ला वर्षहरुमा रथबाटै खसेर धेरै जात्रालुहरु घाइते भएका थिए। जसमध्ये केहीले ज्यानै गुमाएका थिए । तैपनि अनधिकृत व्यक्तिहरु रथमा बस्न छाडेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.