कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य नियुक्त
काठमाडौं : उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा रहेको नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रष्ठिानमा ३८ जना सदस्यहरु मनोनित भएका छन् ।
प्रष्ठिानका संयोजक निधीले शुक्रबार कांग्रेस नेतृ आरजु देउवा सहित ३८ जनालाई सदस्यको रुपमा नियुक्त गरेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।
कांग्रेसमा पार्टी उपसभापति यस प्रष्ठिानको संयोजक रहने नीतिगत व्यवस्था छ । निधी उपसभापति भए लगत्तै प्रष्ठिानको निर्देशकमा पुरुषोत्तम दाहाललाई नियुक्त गरेके थियो ।