पहिलो स्वर्ण पदक पुलिसलाई

पहिलो स्वर्ण पदक पुलिसलाई

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।

दाङको घोराहीमा बुधबारदेखि सञ्चालित टेबल टेनिस प्रतियोगितामा प्रतियोगिताकै पहिलो स्वर्ण पदक टेबल टेनिसको महिला टीम इभेन्टमा पुलिसले जितेको हो । पुलिसले  फाइनलमा एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै स्वर्ण जितेको हो ।

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३–२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३–० ले पराजित गरिन् भने मञ्जु सुवाल एपीएफकी सिक्क सुवालसँग ३–१ ले हारेकी थिइन् ।

तर नविताले सेलिषालाई ३–१ को सेटमा हराएपछि पुलिसले आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

यस्तै महिला डबल इभेन्टमा पनि पुलिसले स्वर्ण जितेको छ । नेपाल आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले  स्वर्ण जितेको हो । पुलिस क्लबका नविना श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन स्वइच्छा नेम्वाङले डबल महिला इभेन्टमा स्वर्ण पदक जितेका टेवल टेनिस संघ दाङका उपाध्यक्ष अरुण लहरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.