हार्वड विश्वविद्यालयको पढाइ सकेर फर्किए गगन थापा

हार्वड विश्वविद्यालयको पढाइ सकेर फर्किए गगन थापा

अमेरिका : विद्यार्थी बनेर अमेरिका आएका नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा हार्वड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकेर स्वदेश फर्किएका छन् ।

अमेरिकास्थित विश्वविख्यात हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर द ट्वान्टी फस्ट सेन्चुरी’ कोर्सका लागि उनी अमेरिका आएका थिए ।

नेपाल फर्किनुअघि थापाले जवान रहनका लागि अध्ययन गर्नुपर्ने बताएका थिए । अन्नपूर्ण पोष्टसँग कुरा गर्दै उनले आफ्नी श्रीमती अञ्जना केसीको प्रेरणाले राजनीतिक क्रियाकलाप पन्छाएर स्कुले जीवन शैलीमै अध्ययन गर्न आएको बताए ।

अमेरिका रहँदा उनले दैनिक करिब १० घण्टा अध्ययन गर्ने अवसर पाएको पनि जानकारी दिएका छन् । थापा भन्छन्, ‘मैले यस अध्ययनका क्रममा एकजना पूर्व प्रधामन्त्री समेत रहनु भएका व्यक्तित्वलाई भेटेँ, उहाँलाई भेटेपछि अझै पक्का भएँ पढ्ने समय सकिँदैन, हामी अध्ययनशील हुनुपर्छ, अध्ययन गर्ने बानीले सधैँ उर्जावान र सधैँ जवान राख्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.