लिबियामा संकट हुँदा नभाग्ने नेपाली सेनाको अडान
काठमाडौं : लिबियामा द्वन्द्व चर्किए लगत्तै भारत र अमेरिकाले आफ्ना शान्ति सेना फर्काए पनि नेपालले तत्काल सेना फिर्ता नगर्ने स्पष्ट पारेको छ ।
त्यहँको अवस्थाबारे नेपाली सेनाले गत चैत २५ मा पनि जानकारी गराएको थियो । लिबियामा एक सातादेखि संघर्ष चलिरहेको छ । यस क्रममा करिव ६० को मृत्यु भएको भनिएको छ । तीन सय बढी घाइते भएको जनाइएको छ । त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षा गरिरहेको नेपाली सेना भने तत्काल नफर्कने जानकारी दिँदै अन्तर्राष्ट्रिय रुपमा रहेको नेपाली सेनाको छवि कायम राख्न नेपाली शान्ति सेनाले यस्तो अवस्थामा छोडेर हिँड्न नसक्ने बताएको छ ।
शुक्रबार नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै नेपाली शान्ति सेना तत्काल फिर्ता बोलाउने कुनै योजना नरहेको पुनः जनाएको हो । संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेसँगै नेपालले यस्तो निर्णय लिएको हो ।
शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको भन्दै संकटमा पर्दा छोडेर भाग्ने कार्य नगर्ने पनि स्पस्ट पारेको छ । लिबियामा रहेका सबै नेपाली सेनाहरु त्रिपोलीस्थित राष्ट्र संघीय मिसनमा छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग चैत २२ मा भएको वार्ता असफल भएपछि त्रिपोली कब्जा गर्न विद्रोही समूह अग्रसर देखिएको हो । सरकार र लडाकुहरूबीच संघर्ष हुँदै आएको छ ।