२०७५ मा मुख्य मुख्य घटना

२०७५ मा मुख्य मुख्य घटना

वैशाख

३ :प्रधानमन्त्री केपी ओलीको भ्रमणको आधार तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीनतर्फ प्रस्थान।

४ :       सिन्डिकेटविरुद्ध सरकार। यातायातका सबैखाले सिन्डिकेट भंग गर्दै यातायात कम्पनीका रूपमा दर्ता गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय।

राष्ट्रसंघीय महिला आयोग कार्यकारी बोर्डमा नेपाल दुई वर्षका लागि सदस्य निर्वाचित।

२१ :       सर्बियाको विदेशमन्त्री डा. इभिक ड्यासिक नेपालको तीनदिने भ्रमणमा।

२२ :       तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा मारिएकालाई १० लाख क्षतिपूर्ति दिनुपर्ने सर्वोच्च अदालतको फैसला।

२७ :       भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक तीनदिने नेपाल भ्रमणमा।


जेठ

३ :       नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता। पार्टी नाम नेकपा (नेकपा)।

४४१ सदस्यीय केन्द्रीय समिति। केपी ओली र पुष्पकमल दाहाल दुवै पार्टी अध्यक्ष।

१३ :       सरकारको नीति तथा कार्यक्रम संघीय संसद्बाट पारित।

१५ :अर्थमन्त्री युवराज खतिवडाद्वारा आर्थिक वर्ष ०७५÷७६ को बजेट संसद्मा प्रस्तुत। बजेट १३ खर्ब १५ अर्ब रुपैया“को।

१८ :उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी। यादव स्वयं सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री।

२३ :लामो समयदेखि शान्तिका लागि नेपालले राष्ट्रसंघमार्फत सहयोग गर्दै आएको बुरुन्डीसँग कूटनीतिक सम्बन्ध कायम।


असार

५ :       प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान। नेपाल–जापान सीधा हवाई उडान सम्झौता। प्रख्यात न्युरो सर्जन प्राध्यापक डा. उपेन्द्रप्रसाद देवकोटाको निधन।

६ :       प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता।

७ :       नेपाल–चीनबीच दसबुँदे सम्झौता।

१६ :       चिकित्सक गोविन्द केसीको पन्ध्रौं अनशन जुम्लाबाट सुरु।

२२ :       मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटना हँुदा १९ जनाको मृत्यु। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता।

२४ :       गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याआरोपी छविलाल पौडेलबाट सर्वोच्च अदालतमा आत्मसमर्पण।

२७ :       काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिपर चलाउन रोक्ने गृह मन्त्रालयको निर्णय।

२९ :       छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीबाट ४६ दिनको अनशन अन्त्य।


साउन

२ :       भारत र मलेसियाका राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डे सिफारिस। नीलकण्ठ विवादमा परेपछि बाहिर सार्वजनिक भएन।

३ :       जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीलाई काठमाडौं ल्याइयो।

७ :       नेकपाका प्रवक्ता नारायणकाजीले गोविन्द केसीसँग भेट गरेको विषय पार्टीमा आलोचना भएपछि प्रवक्ता पदबाट राजीनामा। तर पछि अस्वीकृत। परराष्ट्रमन्त्री ज्ञवाली पोर्चुगल, बेल्जियम, लग्जम्बर्गको नौदिने भ्रमणमा।

८ :       बंगलादेशमा चिकित्सा विज्ञान पढिरहेका विद्यार्थीमाथिको टिप्पणीका आधारमा कानुनमन्त्री शेरबहादुर तामाङको राजीनामा।

१० :डा. गोविन्द केसीद्वारा सहमतिपछि २७ दिनपछि अमरण अनसन स्थगित।

१५ :       चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले गोप्यरूपमा आठ निजी कलेजलाई दिएको सम्बन्धन खारेज गर्न मन्त्रिपरिषद्को निर्देशन।

१८ :       संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत।

१९ :       कामु प्रधानध्यायाधीश ओमप्रकाश मि श्रद्वारा पेसी तोक्न सुरु।

२५ :       साहित्यकार दाहाल यज्ञनिधिको निधन।


भदौ

१ :       नयाँ मुलुकी संहिता जारी।

२ :       पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भएकोमा नेपाल सरकारद्वारा शुभकामना।

७ :       निर्मला पन्त हत्याको विरोधमा आन्दोलनमा उत्रेकालाई प्रहरीद्वारा कञ्चनपुरमा गोली प्रहार। कांग्रेसद्वारा महामन्त्री पूर्णबहादुर खड्काको संयोकजत्वमा मस्यौदा समिति गठन।

१४ :बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी (बिम्स्टेक) सम्मेलन सुरु।

१५ :       गायक हरिप्रसाद रिमालको निधन।

१७ :       विदेशमा बस्ने नेपालीलाई पनि मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश।

२० :       संवैधानिक परिषद्द्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिस।

२१ :मुख्यमन्त्रीहरूको पोखरा बैठकमा केन्द्र अनुदार बनेको निष्कर्ष।

२३ :       नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु।

२४ :       प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा पदभार ग्रहण।


असोज

१ :       मौलिक हकसम्बन्धी सोह्रवटै विधेयक पारित।

३ :       उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छेन्दु प्रस्थान।

६ :       राष्ट्रसंघीय महासभामा भाग लिन तेह्रदिने यात्रा तय गर्दै प्रधानमन्त्री केपी ओली न्युयोर्क प्रस्थान।

९ :       प्रधानमन्त्री केपी ओली र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता। कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिद्वारा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी प्रमुखको नियुक्तिको लागि दरखास्त आह्वान। तर अझै नियुक्ति हुन सकेको छैन।

१४ :       न्युयोर्कपछि प्रधानमन्त्री ओली कोस्टारिकाको तीनदिने भ्रमण सुरु।

१५ :       मेघराज निषादको पार्टी नेकपामा विलय।

१९ :       पप्पु कन्स्ट्रक्सनका सञ्चालकसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर।

२७ :       केन्द्रमा संघीय प्रहरी ऐन नआउँदै प्रदेश २ प्रहरी विधेयक पारित गरेपछि केन्द्र–प्रदेशबीच विवाद।

२७ :       कांग्रेस नेता चक्र बास्तोलाको निधन।


कात्तिक

८ :       कञ्चनपुरका निर्मला पन्त हत्या प्रकरणमा छानबिन गर्दा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट बर्खास्त।

९ :       अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका २५ कर्मचारी र दुईजना बिचौलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर।

११ :       उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री जनरल वाइ फुङबीच नेपाललाई एक सय पचास मिलियन आरएमसी सैन्य सहयोग गर्ने सम्झौता।

१२ :       राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण सुरु।

मलेसिया र नेपालबीच श्रम सम्झौता।

१४ :       सम्पत्ति शुद्धीकरण विभागद्वारा सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर।

१४ :       प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडल र मन्त्री केशव स्थापितबीच मन्त्रिपरिषद्मै झगडा। दुई दिनपछि स्थापित बर्खास्तगी।

१८ :       मानव अधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन।

२० :       कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनोनीत।

२५ :       कानुनविद् तथा पूर्वमन्त्री नीलाम्बर आचार्य भारतको राजदूतमा सिफारिस। मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने मन्त्रिपरिषद्कै निर्णय।

२७ :       पदीय आचरणविपरीत काम गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तगी।

२९ :       राष्ट्रसंघको विकाससम्बन्धी उपमहासचिव जमिना जे मोहम्मद नेपाल भ्रमणमा।


मंसिर

४ :       राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन।

७ :       पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरीको निधन।

११ :तामझामबीच सरकारद्वारा सामाजिक सुरक्षा कार्यक्रम घोषणा।

१५ :       चर्काे विरोधबीच धर्मप्रचारक संस्थाको आयोजना र सरकारको सहआयोजनामा नेपालमा एसिया प्यासिफिक समिट (होली वाइन सम्मेलन) सुरु। सम्मेलनमा सहभागीलाई भेट दिन प्रधानमन्त्री ओलीले सोल्टी होटलमै तीन दिन बिताए। टुभालु, कम्बोडिया, फिलिपिन्स, म्यानमारलगायतका अन्य टापु राष्ट्रमा राष्ट्र एवं सरकार प्रमुख र प्रतिनिधिहरूको उपस्थिति।

राष्ट्रपति विद्यादेवी भण्डारी वातावरणीय कार्यक्रममा भाग लिन पोल्यान्ड प्रस्थान।

२१ :       सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित पूर्वमन्त्री विक्रम पाण्डेसहित चार आयोजना प्रमुखलाई भ्रष्टाचार मुद्दा।

२२ :       अस्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालय हाजिर। संसदीय सुनुवाइ विशेष समितिबाट चार राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदित।

२२ :       नेकपाका चार सचिवालय सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठद्वारा पार्टी बैठक बहिष्कार। समय पालना नगरेको आरोप।

२३ :       पहिलोपटक अन्तर–प्रदेश परिषद् बैठक।

२७ :       चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस।

२९ :कांग्रेस महासमिति बैठक सुरु। नेकपा स्थायी समिति बैठक पनि सुरु।


पुस

३ :       पूर्वप्रधानमन्त्री डा. तुलसी गिरिको ९३ वर्षको उमेरमा निधन।

४ :       पहिलोपटक नेपालका परराष्ट्रमन्त्री अमेरिकी विदेश मन्त्रालयमा औपचारिक दुईपक्षीय वार्ता। इन्डो प्यासिफिक रणनीति र उत्तरकोरियाको विषय नेपालमा विवादित।

६ :       राष्ट्रसंघको शान्तिसम्बन्धी आयोगमा नेपाल निर्वाचित। धनगढीका रवि वड दोस्रो नेपाल आइडल घोषित। दाङमा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु।

११ :       संसद्को हिउँदे अधिवेशन सुरु। दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झाको राजीनामा।

१२ :प्रधानमन्त्री केपी ओलीद्वारा धरहरा पुनर्निर्माणको शिलान्न्यास।

१७ :       संसदीय सुनुवाइ विशेष समितिद्वारा प्रधानन्याधीशमा चोलेन्द्रशमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत।

१८ :       वाइडबडी प्रकरणमा चार अर्ब ३५ करोड अनियमितता भएको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदन सार्वजनिक।

१९ :वाइडबडी प्रकरणमा छानबिन गर्न मन्त्रिपरिषद् बैठकबाट तीन सदस्यीय छानबिन समिति गठन।

१९ :       टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराद्वारा शपथ। न्याय परिषद् बैठकले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय।

२५ :       नेपाल–फ्रान्स परामर्श बैठक। मिस नेपाल शृंखला खतिवडा नेपाल–फ्रान्सको सद्भावना दूत नियुक्त।

२५–        जापानका विदेशमन्त्री तीनदिने भ्रमणका लागि काठमाडौंमा।

२६–        परराष्ट्रमन्त्री ज्ञवाली राइसिना डाइलगमा सहभागी हुन भारत प्रस्थान।

२७ :       विवेकशील साझा पार्टी विभाजित।

२९ :       प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग सचिव विद्यानाथ झाबीच कुटाकुट।


माघ

२ :       विदेशी बैंकमा ५५ नेपालीको पैसा रहेको प्रतिवेदन सार्वजनिक।

३ :       ३३ किलो सुन प्रकरणमा पाँच न्यायाधीश जिम्मेवारीबाट मुक्त।

४ :       संसद्मा नयाँ अभ्यासको सुरुआत। सांसद–प्रधानमन्त्री प्रश्नोत्तर।

६ :       प्रधानमन्त्री ओली अर्थ र परराष्ट्रमन्त्रीसहित वल्र्ड इकोनोमी फोरममा सहभागी हुन स्विट्जरल्यान्डको डाभोस प्रस्थान।

११ :       राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कांग्रेस अवरोधका बीच संसद्मा बहुमतले पारित। भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा वक्तव्य जारी। वक्तव्यको पक्ष–विपक्षमा चर्काे आवाज।

१५ :       त्रिभुवन विमानास्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड बढी हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा।

१६ :       धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित।

१८ :       अस्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको राप्रपाबीच पार्टी एकता।

२१ :       प्रतिपक्ष दल कांग्रेसद्वारा सरकारविरुद्ध मुलुकभर प्रदर्शन। भृकुटीमण्डप जग्गा भाडा अनियमितता प्रकरणमा तत्कालीन समाज कल्याणमन्त्री टेकबहादुर गुरुङ र बद्री न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता।

२३ :       सर्वोच्च अदालतद्वारा एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिऐटाबाट असुल्न सरकारलाई परमादेश।

२४ :       खानेपानी मन्त्रालयद्वारा मेलम्ची खानेपानीको ठेक्का रद्द।


फागुन

१ :       राजस्व छलीमा अख्तियारद्वारा आठजनाविरुद्ध मुद्दा

३ :       घूस प्रकरणको भिडिओ सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयुक्त राजनारायण पाठकद्वारा राजीनामा।

१० :एनसेल टावरमाथि विप्लव समूहको आक्रमण। एकजनाको मृत्यु।

१२ :       भाषाविद् बालकृष्ण पाखरेलको निधन।

१५ :       ताप्लेजुङमा हेलिकप्टर दुर्घटना। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु।

१८ :       पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन।

२२ :       टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको फैसला। राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। परराष्ट्रमन्त्री मानवअधिकारसम्बन्धी चालीसौं सभामा सहभागी हुन जेनेभा प्रस्थान।

२४ :       सीके राउतसँग एघारबुँदे सम्झौता।

२६ :       राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रममा सहभागी हुन पाँचदिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान।

२८ :विप्लवको पार्टी नेकपालाई आपराधिक समूह घोषणा गर्दै मन्त्रिपरिषद्द्वारा गतिविधिमा प्रतिबन्ध।


चैत

४ :दक्षिण दक्षिण सहकार्यमा सहभागी हुन परराष्ट्रमन्त्री अर्जेन्टिना प्रस्थान।

११ :प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस।

१३ :       भ्रष्टाचार अभियोगमा अख्तियारका आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर।

१४ :       जनकपुर बमकाण्डका मुख्य योजनाकार पूर्वराजयमन्त्री सञ्जय साहसहित सातजनालाई धनुषा जिल्ला अदालतद्वारा जन्मकैदको फैसला।

१५ :       प्रदेश २ को एसईई परीक्षा स्थगित। लगानी सम्मेलन सुरु।

१६ :       लगानी सम्मेलनमा १५ योजनामा लगानी गर्ने प्रतिबद्धता।

१७ :       बारा र पर्सामा आएको हावाहुरीबाट २५ जनाको मृत्यु।

१९ :सर्वाेच्चका पाँचजनासहित २२ न्यायाधीश दलीय भागबन्डाका आधारमा सिफारिस।

२० :       नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ५१ जिल्ला सभापतिको भेला।

२१ :       नेपाल बार एसोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित।

प्रस्तुति :सूर्य पाण्डे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.