सन्धिखर्कबाट विप्लवका जिल्ला अध्यक्ष पक्राउ
सन्धिखर्क : विप्लप नेतृत्वको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्री सन्धिखर्कबाट प्रकाउ परेका छन्।
सरकारले विप्लवलाई प्रतिबन्ध लगाएको तर उनले सरकारी संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएको शुल्क खारेज सहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको पाइएकाले प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
उनले भने, 'राज्यले प्रतिबन्ध लगाएको छ, विभिन्न ठाउँमा ज्ञापन पत्र बुझाएको पाइयो। उनलाई सन्धिखर्क २ चुत्राबेसीबाट प्रकाउ गरिएको हो।'
क्षेत्री क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष हुन्। उनी पाणिनि बहुमुखी क्याम्पसमा अध्ययनरत छन्।