चलायमान खेलकुद

चलायमान खेलकुद

काठमाडौं : नेपाली खेलकुदका लागि लागि २०७५ समग्रमा औसत रह्यो । घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागितासँगै पदकीय हिसाबले पनि वर्षैभरि नेपाली खेलकुद चलायमान रह्यो । खेलकुदको महाकुम्भ एसियन गेम्समा नेपालको सहभागिता यादगर बन्यो । नेपालले २० वर्षपछि एसियाडमा रजत पदक जितेर इतिहास बनायो । प्याराग्लाइडिङ खेलले नेपालका लागि एसियाडमा रजत पदक दिलायो । फुटबल, क्रिकेट, एथलेटिक्स र मार्सल आर्ट्स गेम्समा पनि नेपालले उल्लेख्य सफलता हात पार्न सफल भयो ।

मोफसलमा गोल्डकप फुटबलको बाढी नै आयो । नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन नसके पनि फुटबलका गतिविधि वर्षभर चलायमान बन्यो । फुटबल र क्रिकेट खेलमा बढेको गतिविधिले आगामी वर्षका लागि राम्रो संकेत गरेको छ ।

दुई वर्षमै राष्ट्रिय खेलकुद

२०७५ सालमा नेपाली खेलकुदको महŒवपूर्ण उपलब्धि हो, आठौं राष्ट्रिय खेलकुद । हरेक दुई वर्षको अन्तरालमा गर्ने गरी २०३८ सालदेखि सुरु भएको यो प्रतियोगिता सुरुका तीन संस्करण बाहेक अरू संस्करण दुई वर्षभित्र आयोजना हुन सकेको थिएन । तर, पूर्वाञ्चलमा सातौं संस्करण आयोजना भएको दुई वर्षभित्रै प्रदेश नम्बर ५ मा आठौं राष्ट्रिय खेलकुद हुन लागेको छ । आठौं राष्ट्रिय खेकुद वैशाख ५ देखि ११ गतेसम्म हुने निश्चित भए पनि प्रतियोगिताका थुप्रै खेल यसअघि नै सुरु भइसकेका छन् । केही खेलमा त पदकको छिनोफानोसमेत भइसकेको छ ।

एथलेटिक्सका कीर्तिमानी अजित

२०७५ सालमा नेपाली खेलकुदले हासिल गरेको अर्को ठूलो उपलब्धि हो, एथलेटिक्सको एसियन च्याम्पियनसिपमा स्वर्ण पदक । सप्तरी राजविराजका अजितकुमार यादवले ४५ वर्षपछि एसियाली पदक भित्र्याएका हुन् । हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा अजितले निर्धारित तीन हजार मिटर दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका थिए ।

११ राष्ट्रका खेलाडीलाई पछि पार्दै अजितले स्वर्ण जितेका थिए । आईएएएफद्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले नेपालका लागि म्याराथनमा कांस्य पदक जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो ।

विश्व च्याम्पियनसिपमा स्वर्णधारी महेश्वर

२०७५ सालमा नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय पदक भित्र्याउने मध्येका एक हुन्, महेश्वर महर्जन । उनले थाइल्यान्डको चाङमईमा मंसीर २९ गते सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए । महेश्वरले १२ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जितेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

ब्याडमिन्टनमा चम्किएका प्रिन्स

नेपाली खेलकुदका लागि ब्याडमिन्टन खेलले पनि २०७५ सालमा महŒवपूर्ण उपलब्धि हासिल ग¥यो । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल गत असोजमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गतको यू–१५ पुरुष एकल स्पर्धामा विजेता बनेका थिए । नेपाली ब्याडमिन्टनमा उनले हासिल गरेको यो कीर्तिमानी उपलब्धि हो ।

महिला फुटबल सन्तोषजनक

फुटबलका लागि २०७५ सन्तोषजनक रह्यो । एन्फाको नयाँ नेतृत्वसँगै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागिता उल्लेख्य मात्रामा भयो । मोफसलमा गोल्डकप फुटबलको बाढी नै आयो । महिला फुटबलले उल्लेख्य सफलता हात पा¥यो । महिला टोलीले नेपालले आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि भने उचाल्न सकेन । महिला साफको फाइनलमा नेपाली टोली भारतसँग पराजित भयो । महिला फुटबल टोलीले ओलम्पिक छनोटमा एसिया रिजनको दोस्रो चरणमा स्थान बनायो । पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपाल दोस्रो चरणबाट भने बाहिरिन पुग्यो ।

पुरुष साफमा निराशा

पुरुष फुटबलमा दक्षिण एसियाबाहिर जान नसकेको नेपालका लागि साफ च्याम्पियनसिप सर्वाधिक ठूलो प्रतियोगिता हो । तर, नेपालले अहिलेसम्म यो उपाधि चुम्न सकेको छैन । २०७५ सालमा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै रोकियो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग ३–० गोलको हार खेप्यो । फिफा वरीयतामा समेत नेपालले खासै सुधार गर्न सकेन । वर्षको अन्त्यमा स्विडिस नागरिक योहान कालिन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भए । कालिनको नेतृत्वमा वर्षको अन्तमा नेपालले कुवेतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो । एक खेल गोलरहित बराबरीमा सकियो भने अर्को खेलमा नेपाल १–० ले पराजित भयो ।

लामो समयपछि लिग

आन्तरिक विवादका कारण चार वर्षदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ सालमा पुनः सञ्चालनमा आयो । पहिलोपटक रेलिगेसन बिनाको लिग सञ्चालन गरिए पनि लिगले क्लब फुटबलको माहोल ततायो । ‘ए’ डिभिजनका १४ क्लबको सहभागितासँगै बजेट र लगानीका हिसाबले पनि यसपटकको लिग विगतको भन्दा ठूलो आकारको बन्यो । प्रत्येक क्लबले खेलाडीलाई स्तर हेरेर मासिक २५ हजार देखि डेढ लाख रुपैयाँसम्म खर्च गरे । एन्फाले लिगमा लागि ६ करोड रुपैयाँ लगानी ग¥यो । लिग च्याम्पियन मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ पायो । विजेता मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि प्राप्त ग¥यो । यसैगरी ‘बी’ र ‘सी’ डिभिजन लिग पनि पुनः सञ्चालनमा आए ।

रोहित र किरनको छलाङ

नेपाली खेलाडीद्वय रोहित चन्द र किरन चेम्जोङले आफ्नो व्यावसायिक खेलसँगै नेपालको सान पनि विदेशी मैदानमा राख्न सफल भए । इन्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लबले लिगको उपाधि जित्यो भने रोहित सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । यसैगरी गोलरक्षक किरनले पनि २०७५ मा विदेशी भूमिमा नेपालको सान बढाए । माल्दिभ्स लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेपछि उनको चर्चा झनै चुलियो । किरनले टिसी स्पोर्ट्सलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका खेले ।

क्रिकेटले तताएको वर्ष

वर्ष २०७५ नेपाली खेलकुदमा क्रिकेटको वर्ष बन्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन र त्यसमा प्राप्त सफलताले यो वर्ष घरेलु खेलकुदमा क्रिकेटले अन्य खेललाई निकै पछि छोड्यो । यही वर्ष नेपाली खेलाडीले क्रिकेट खेलका भगवान् मानिने सचिन तेन्दुल्करसम्मको व्यक्तिगत कीर्तिमान भंग गरे । नेपालले गत माघमा यूएईविरुद्ध एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्यो । सोही खेलमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल तेन्दुल्करको कीर्तिमान भंग गर्न सफल भए । नेपालले यूएईविरुद्धको एकदिवसीय र टीट्वेन्टी दुवै शृंखला आफ्नो पक्षमा पा¥यो । जुन नेपालका लागि ठूलो उपलब्धि थियो । नेपालले एकदिवसीय र टीट्वेन्टी शृंखला जितेको यो पहिलो पटक हो ।

महिला क्रिकेट पनि विशेष

महिला क्रिकेटका लागि पनि वर्ष २०७५ सुखद रह्यो । यो वर्ष नेपाली महिला टोलीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । महिला टोलीले थाइल्यान्ड टीट्वेन्टी स्म्यास र विश्वकप छनोट प्रतियोगिता खेल्यो । यी दुवै प्रतियोगितामा थाइल्यान्डसँग मात्रै पराजित हुँदा नेपाली टोली टीट्वेन्टी स्म्यासको उपाधि र विश्वकपका लागि छनोट हुन असफल रह्यो । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्काे सफलता हात पारे पनि नेपाल क्रिकेट संघ (क्यान) माथि आईसीसीको निलम्बन फुकुवा नहुँदा खेलाडी र सम्बद्ध पक्ष निरास छन् ।

समाधान उन्मुख कराँते

नेपाली खेलकुदको स्थायी विवादमध्येको एक विवाद थियो, कराँते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको टकरावका कारण कराँतेमा लामो समयदेखि विवाद देखिँदै आएको थियो । तर, फागुन १५ गते दुई कराँते महासंघ पुनर्गठन गरी एकीकरण घोषणा गरिएपछि विवाद समाधान उन्मुख देखिएको छ । लामो समय समानान्तर रूपमा रहेका दुई महासंघको एकीकरण गर्दै चार महिनाभित्र निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्यको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । पुनर्गठित कार्यसमितिलाई समयसापेक्ष विधान संशोधन गर्नुका साथै राखेपबाट स्वीकृत गराई तीन महिनाभित्र निर्वाचन गर्न समय तोकिएको छ ।

महिला भलिबलको बाढी

२०७५ सालमा महिला भलिबल प्रतियोगिता आयोजनामा बाढी नै आयो । जसमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दबदबा कायम राख्यो । एपीएफ क्लबले २०७५ सालमा आयोजना भएका ११ मध्ये १० प्रतियोगिताको उपाधि जितिसकेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सहभागी एपीएफले आधिआवादी भलिबल लिग मात्र गुमाएको थियो । यो प्रतियोगितामा एपीएफको टोली अमेरिकी खेलाडीको बाहुल्य रहेको चितवन टाइग्रेससँग फाइनलमा पराजित भएको थियो ।

जापानमा दिगम्बरलाई रजत

जापानमा भएको नवौं सितोरियो कराँते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जित्यो । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेका थिए । उनी फाइनलमा काजकिस्तानका खेलाडी तसिम अदिलसँग ५–० ले पराजित हुँदा स्वर्ण पदकबाट भने वञ्चित भए । नेपालले सितोरियो कराँतेको विश्व च्याम्पियनसिपमा जितेको यो नै सबैभन्दा ठूलो पदक हो । सोही प्रतियोगिताको ६० केजीभन्दामुनिको तौल समूहमा विजय       श्रेष्ठले पनि कांस्य पदक जितेका थिए । प्रतियोगितामा ३९ देशका एक हजार दुई सयजना खेलाडीले भाग लिएका थिए । नेपालले १७ वर्षपछि सितोरियो कराँतको विश्व च्याम्पियनसिपमा पदक जितेको हो ।

स्पेसल ओलम्पिकमा स्वर्ण

संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ‘स्पेसल ओलम्पिक समर वल्र्ड गेम्स’ मा नेपाली खेलाडीले स्वर्ण पदक जितेर देशको गौरव बढाए । एथलेटिक्सको पुरुष सटपुटमा नेपालका लागि अजय तामाङले स्वर्ण र सागर शेरचनले कांस्य पदक जितेका थिए । महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य पदक हात पारेकी थिइन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत पदक दिलाएकी थिइन् । पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा पनि नेपालले रजत जित्यो । फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, ईशान       श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ सहभागी थिए । प्रतियोगितामा एक सय ९० राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.