सडक दुर्घटना रोक्न सांस्कृतिक सचेतना

सडक दुर्घटना रोक्न सांस्कृतिक सचेतना

कालिकोट : राष्ट्रिय अपांङग सांस्कृतिक प्रतिष्ठानमा आवद्ध कलाकर्मीले मान्म बजारमा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना जगाएका छन्। राष्ट्रिय अपांङग सांस्कृतिक प्रतिष्ठान, समावेशी अपांङग संजाल र ट्राफिक प्रहरीको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय अपांङग सांस्कृतिक प्रतिष्ठानका संयोजक आकाश बिरही कान्छाले समाजमा मनका गरिब, बिचारका अपाँगहरुको जमात बढ्दै गएको बताउदै यसलाई अन्त्य गर्नुपर्ने बताए। उनले भने,'कोही जन्मजात कोही अपांङग भएका छौँ। कोही सडक दुर्घटनाका कारण अपांङग भएका छौँ। त कोही समाजमा शारीरीक रुपमा सपांङग भएपनि मनका गरिब र बिचारका अपांङ छौँ।'

उनले सडक दुर्घटनाकै कारण कोही कसैले पनि शारीरीक रुपमा अपांङगता हुनु नपरोस भन्ने उद्देश्यले आफुहरुले यो सांस्कृृतिक अभियान थालेको बताए। उनले भने,'कर्णाली राजमार्गमा धेरै दुर्घटनाहरु भए। अब नहुन। अव्यवस्थीत बजार र मानविय कारण पनि कतिपय दुर्घटनाहरु हुने र सडक जाम हुने अवस्था पनि छ। यसको न्यूनिकरण गर्नका लागि ट्राफिक नियमको पालना गरौँ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.