अब एचआईभी संक्रमितले पनि जीवन बीमा गर्न पाउने

अब एचआईभी संक्रमितले पनि जीवन बीमा गर्न पाउने

भक्तपुर : एचआईभी एड्स संक्रमितहरुले अब जीवन बीमा गर्न पाउने भएका छन् ।

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले प्राइम लाइफ ईन्स्युरेन्ससँग एचआईभी संक्रमितहरुको जीवन बीमा गर्ने सहमति गरेको हो । यसअघि प्राणघातक एचआईभी एड्स लागेकै कारण संक्रमितहरुले जीवन बीमा गर्न पाइरहेका थिएनन् । संक्रमितहरु भने आफूहरुलाई जीवन बीमामा भेदभाव भएको बताउँदैआएका थिए ।

एनएपीएनसँगको सहमतिपछि प्राइम लाइफले विनाभेदभाव संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने भएको हो । सम्झौतापत्रमा एनएपीएनका अध्यक्ष राजेश दिदिया र प्राइम लाइफका सीईओ मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस्तो सम्झौता नेपालको एचआईभी एड्स संक्रमितको क्षेत्रमा अहिलेसम्मकै महत्वपूर्ण उपलव्धि भएको एनएपीएनका अध्यक्ष दिदियाले प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.