लन टेनिसमा दिदीभाईलाई स्वर्ण

लन टेनिसमा दिदीभाईलाई स्वर्ण

बुटवल : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीमा जारी लन टेनिस प्रतियोगितामा दिदीभाईको जोडीले स्वर्ण पदक हात पारेका छन्।

मिश्रित डबल्सतर्फ एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनोविभको जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई पराजित गरे। स्वर्ण पदकका लागि दिदीभाईले ३–६, ६–४, १०–७ को सुपर ट्राईबेकरमा जित निकालेका हुन्।

आर्मीका विष्ट र खनालको जोडीले खेलमा पहिलो सेटमा जित निकाल्दै अग्रता लिएपछि रजत पदकमा चित्त बुझाउनु पर्‍यो। यसैगरी प्रदेश नम्बर ४ का अनिल साही र गंगा शर्माको जोडी तथा नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन्।

शनिबार नै भएको मेन्स डबल्सतर्फको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशका प्रदिप खड्का र नवीन मगरको जोडीले गण्डकीकै धर्म लामिछाने र अनिल साईको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

यसैगरी दोस्रो सेमिफाइनलमा एपीएफका आइभर लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरे।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनलमा प्रेरणा कोइराला र एनि माथेमाको जोडीले श्रीया भट्टराई र रोमिता बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.