महिला हक्की : उद्घाटन खेलमा आर्मीको ९ गोल, सीताको ह्याट्रिक

महिला हक्की : उद्घाटन खेलमा आर्मीको ९ गोल, सीताको ह्याट्रिक

नेपालगन्ज : ८औं राष्ट्रिय खेलकुदको तेस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको उद्घाटनमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

बाँके जिल्लाको खजुरा गाउँपालिका २ शुक्र मावि मैदानमा शनिबार अपरान्ह सुरु भएको खेलमा आर्मीले प्रदेश ३ लाई शून्य विरुद्ध ९ गोलको फराकिलो अन्तरले जितेको हो।

खेल सुरु भएको एक मिनेटमै गोलको खाता खोलेकी आर्मीकी जर्सी नं. १० की सीता मायाले ह्याट्रिक गरेकी थिइन्। उनले १७ र २८ मिनेटमा थप दुई गोल गरेकी थिइन्।

आर्मीकी जर्सी नं ६ कि ईश्वरी चुनी मगरले दुई गोल गरेकी थिइन्। उनले ३१ र ३६ मिनेटमा गोल गरेकी थिइन्। प्रतियोगितामा ८ नं. जर्सीकी सीता चौधरीले ७ मिनेट, ४ नं. जर्सीकी सरिता मेचेले २० मिनेटमा र ५ नं. जर्सीकी पिंकी सिँजालीले ५२ मिनेटमा एक एक गोल गरेका थिए।

प्रतियोगिताको सुरुदेखि नै प्रदेश ३ लाई दवाबमा राखेको आर्मीले खेलमा १२ वटा कर्नर पेनाल्टीको अवसर पाएको थियो।

महिला हक्कीमा विभागीय टोलीमा आर्मी मात्र सहभागी छ। प्रदेश, १, २, ३ र गण्डकी र सुदूरपश्चिमको सहभागिता रहेको छ। प्रदेश ५, गण्डकी, सशस्त्र र नेपाल प्रहरीको टिमले भाग लिएको छैन।

पुरुष हक्कीमा प्रदेश ३ लाई आर्मीको ८ गोल

८औं राट्रिय खेलकुद अन्तर्गत पुरुष हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ लाई ८–० गोल अन्तरले पराजित गरेको छ।

मंगलप्रसाद माविको मैदानमा शनिबार भएको खेलमा आर्मीका दीपेन्द्र ऐरले १३ औँ, ३६ औँ, ४३ औँ र ५३ औँ मिनेटमा गोल गरेका थिए।

आर्मीका प्रदीप राजवंशीले आठौँ मिनेटमा, रोशन चौधरीले ४९ औँ मिनेट, रन्जित रावतले ५२ औँ मिनेटमा र ५९ औँ मिनेटमा देवसिंह धामीले एक–एक गोल गरेको टिम ब्यवस्थापक रन्जन थापाले जानकारी दिए।

पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दै प्रदेश ५ ले तेस्रो पटक जितेको हो।

प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे। २५ नं. जर्सीका दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए। सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काए।

शनिवार विहान भएको कर्णाली प्रदेश र प्रदेश १ बीचको खेल बराबरी भएको छ। यो खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गरेर खाता खोले। खेलको ५४ औँ मिनेटमा प्रदेश १ का संजय राजवंशीले गोल फर्काए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.