पराजयले नेपाललाई मुस्किल

पराजयले नेपाललाई मुस्किल

काठमाडौं : नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पराजय बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल संयुक्त अरब ईमिरेट्स (यूएई) सँग डकवर्थ लेविस नियमका आधारमा एक रनले पराजित भएको हो । यो पराजयसँगै नेपाललाई विश्वकप छनोट मुस्किल बनेको छ ।

अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपको सहभागीता निश्चित गर्न नेपाललाई प्रतियोगितामा अव बाँकि रहेको आफ्नो सबै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन । यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिंगल राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै सिधै दक्षिण अफ्रिका विश्वकपका लागि छनोट हुने प्राबधान बनाएको छ ।

मलेसियाको किन्रारा एकेडेमी ओभलमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा सबै विकेट गुमाउँनु अघि दुई सय ४७ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको यूएईले ३० ओभरमा तीन विकेट गुमाएर एक सय २२ रन बनाएको अवस्थामा बर्षा भएपछि खेल रोकिएको थियो । खेल फेरी सुरु हुन नसक्दा यूएई डकवर्थ लेविस नियममा भाग्यमानी ठहरीयो ।

प्रतियोगितामा दुई खेलबाट दुई जित नै हात पारेको यूएईको चार अंक भएको छ । दुई खेलमा एक हार बेहोरेको नेपालको मात्र दुई अंक छ । नेपालका लागि हरी बहादुर चौहानले अबिजित ६७ तथा भीम सार्कीले ५३ रनको महत्वपूर्ण योगदान गरेका थिए । यी दुई खेलाडीले छैटो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । त्यस अघि ठूला सट् प्रहार गर्ने प्रयासमा प्रारम्भिक खेलाडीहरूले नियमित विकेट गुमाउँदा नेपाल समस्यामा देखिएको थियो । प्रारम्भिक ब्याट्सम्यान रीत गौतमले ४४ रन जोड्दा आशिफ शेख २७, कप्तान रोहित कुमार पौडेल १८ र पवन सर्राफ १२ रनमा आउट हुन पुगेका थिए ।

यूएईका लागि अन्स टन्डोन (५४) र भृत्य अर्भिन्द (४७) ले तेस्रो विकेटका लागि एक सय एक रनको सतकीय साझेदारी गर्दा डकवर्थ लेविस नियमका आधारमा टोलीको जित निश्चित बनेको थियो । बलिङतर्फ यूएईका रीशव मुखर्जीले नेपालको चार विकेट लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.