सर्लाहीमा बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते

सर्लाहीमा बस दुर्घटना ३ को मृत्यु, ३१ घाइते

मलंगवा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्। उष्ण प्रदेशिय बागवानी नजिकै आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो।   

दुर्घटनामा मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई प्रहरीले अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बस रिजर्भ गरी घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन्। बस तीब्र गति र चालकको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार शाहीले बताए।  तीब्र गतिमा रहेको बस बढी स्टेरिङ्ग मोड्दा सडक छेउको रुखमा ठोक्किँएको हो। 

घाइतेमध्ये ४ जना अवस्था गम्भीर रहेको शाहीले बताए। उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सहचालक संखुवासभा जिल्ला माढी गाउँपालिका ७ बस्ने  ४० वर्षीयको लाक्पा छिरी शेर्पा प्रहरीको सम्पर्कमा आएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.