रनवेमा दौडिरहेको जहाज एक्कासी चिप्लियो(भिडियो)
आइतबार बिहान करिब सवा ७ बजेतिर म लुक्ला विमानस्थलनजिकै होटलको कौसीमा बसिरहेका थिएँ । समीट एयरको जहाज उड्न लागेको थियो । रनवेमा दौडिरहेको जहाज एक्कासी चिप्लिएर हेलिप्याडमा पुग्यो । त्यहाँ रहेका हेलिकोप्टरमा ठक्कर खायो । त्यसपछि धूवाँको मुस्लो आयो । विमानमा कोपाइलट भित्र च्याप्पिएका थिए । झ्याल काटेर उनलाई निकालिएको हो । हेलि प्याडमा ड्यूटी गरिरहेको दुई जना प्रहरीलाई पनि ठक्कर दिएछ । प्रत्यक्षदर्शी : श्याम थापा , लुक्ला (ट्रेकिङ कर्मचारी )
भिडियो
दुर्घटनामा परी समीट एयरका कोपाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् । समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेका छन् भने मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका छन् ।