प्यूठानमा भर्ना भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

प्यूठानमा भर्ना भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

प्यूठान : अघिल्ला शैक्षिक शत्रहरुमा समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीले राम्रोसँग पढ्न पाएनन्। बालवालिका भर्ना भएको दुई÷तीन साता बित्दा मात्र पुस्तक जिल्लामा भित्रिन्थे। 

पुरैसेट पुस्तक नहुँदा विद्यालयलाइ व्यवस्थापन गर्नै समस्या हुने गरेको गुनासो धेरै सुनिन्थ्यो। तर, यसवर्ष विद्यार्थी भर्ना नहुँदै जिल्लामा पाठ्यपुस्तक भित्रिसकेका छन्।

वैशाख २ गतेदेखि विद्यार्थी अभियान जिल्लाभर संचालन हुँदैछ। यसैलाइ मध्यनजर गरेर पुस्तक व्यवसायीहरुले जिल्लाका गाउँगाउँमा पाठ्यपुस्तक पुर्‍याउने कामलाई तिव्र बनाएका छन्। 

समयमै पुस्तक आएपछि शिक्षक, विद्यार्थी खुसी छन्। भर्ना सुरु नहुँदै विद्यालयमा पुस्तक पु¥याइसकिएको माण्डवी माध्यमिक विद्यालय नयाँगाउँका प्रधानाध्यापक मेघराज पौडेलले जानकारी गराए। 

‘पोहोरसाल बाग्दुला पुगेर पुस्तक लिने गरेका थियौँ’ उनले भने,‘यसपाली चकचकेमै वितरण भयो।’ माण्डवी गाउँपालिका  शिक्षा समितिका सदस्य समेत रहेका पौडेलले गाउँपालिकाभरी संचालित २६ वटै सामुदायिक विद्यालयमा पुस्तक पुगिसकेको सुनाए। सबै विद्यालयमा गरी चार हजार दुई सय ६५ सेट पुस्तक पुगेको उनको भनाइ छ। विगतमा चाहेजति पुस्तक नहुँदा पठनपाठनमा असहज हुने गरेको नेरा प्राथमिक विद्यालय माण्डवी गाउँपालिका २ ढाँड मर्कावाङका प्रधानाध्यापक राम औतार चौधरीले जानकारी गराए। 

गत शैक्षिक शत्रमा भर्ना भएका विद्यार्थीको मागको आधारमा यसवर्ष पुस्तक वितरण गरिएको छ। जिल्लाभर ५० हजार सेट पुस्तक भित्रिएको पुस्तक व्यवसायी महासंघ जिल्ला शाखा प्यूठानका महासचिव रमेश गिरीले जानकारी गराए। जिल्ला संघले गरेको निर्णयको आधारमा गिरी पुस्तक पसल मरन्ठानाले जिल्लाभर पुस्तक वितरण गर्ने जिम्मा पाएको उनको भनाइ छ। 
‘माण्डवी, झिमरुक, गौमुखी र ऐरावती गाउँपालिकामा वितरण गरेर सकिएको छ’ उनले भने,‘बाँकी रहेका स्थानीय तहमा पनि पुर्‍याउने प्रक्रियामा छौँ।’ 

जनक शिक्षा सामग्री केन्द्र काठमाण्डौँ सहित क्षेत्रिय कार्यालय, बुटवल र भरतपुरमा पुगेर पुस्तक लिएकाले अभाव नभएको उनले सुनाए। गिरीका अनुसार जिल्लाभर डेढ करोड बरावरको पाठ्यपुस्तक आएका छन्। यसवर्ष पाठ्यपुस्तक अभाव नभएको समेत उनले बताए। बाग्दुलामा प्रमुख र सवै स्थानीय तहमा सहायक डिपो संचालन गरेर पुस्तक वितरणको व्यवस्था मिलाइएको छ।  

जिल्लाभर मावी ७४, आधरभूत ३९ र प्रावी दुई सय २८ गरी तीन सय ५१ वटा सामुदायिक विद्यालयहरु संचालनमा रहेको शिक्षा विकास तथा सम्वन्य इकाइ प्यूठानका विद्यालय निरिक्षक दुर्गा बहादुर खड्काले जानकारी गराए। समयमै पाठ्पुस्तक विद्यालयमा पुग्दा शैक्षिक सुधारमा टेवा पुग्ने उनको भनाइ छ। ‘किताव आएको छैन् भनेर शिक्षकहरु नपढाउने स्थिती पनि देखिन्छ’,उनी भन्छन्,‘विगतको वर्षमा भन्दा यसपाली भनेकै समयमा पुस्तक आएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.