सर्लाहीमा भएका दुर्घटनामा ५ को मृत्यु, ४१ घाइते

सर्लाहीमा भएका दुर्घटनामा ५ को मृत्यु, ४१ घाइते

मलंगवा : सर्लाहीमा आइतबार बेग्लाबेग्लै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने ४१ जना घाइते भएका छन्।

बिहान लालबन्दी नगरपालिका १ नवलपुरको बागवानी नजिक यात्रु बस पल्टिँदा तीन जना, मध्यान्ह लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जना र दिउँसो सलेमपुरमा टाटाभिट्टा दुर्घटना हँदा एकजना गरी तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा बस पल्टिँदा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, मोरङको बुढीगङ्गा गाउँपालिका ६ का २२ वर्षीय बबी उराउ र ठेगाना नखुलेका ८ का २३ वर्षीय अनिल उराउको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सुनसरीका लागि छुटेको ना ३ ख १३१८ नम्बरको बस तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ। सुनसरीको रामधुनी नगरपालिका ५ का ३२ वर्षीय केशरी चौधरी र ठेगाना नखुलेका २६ वर्षीय सुनिल चौधरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकस्थित एक हाइड्रोपावरमा काम गर्ने मजदुरहरू काठमाडौंबाट बस रिर्जभ गरी घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार बसमा ३७ जना यात्रु सवार थिए। तीव्र गतिमा रहेको बस चालक निदाएका कारण अनियन्त्रित भइ पल्टिएको हुनसक्ने जिल्ला ट्रफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक रजकुमार शाहीले बताएका छन्।

दिउसो नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका १०, सलेमपुरमा सदरमुकाम मलङ्गवाबाट नवलपुर आइरहेको भारतीय नम्बर प्लेट बी आर ०१ पी बी ५९५१ टाटाभिट्टा गाडी दुर्घटना हुँदा बागमती नगरपालिका ८ का ४५ वर्षीय चिरञ्जीवी पोखरेलको मृत्यु भएको छ।

मृतक पोखरेल साना किसान कृषि सहकारी संस्था शङ्करपुर सोल्टीका अध्यक्ष हुन्।

विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

यसैगरी लालबन्दी नगरपालिका ११ हीरापुरस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। बाहुनीबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३८ प ८२९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया मिना जर्गा मगरको ज्यान गएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.