व्यवसाय ४० प्रतिशत वृद्धि भएको छ

व्यवसाय ४० प्रतिशत वृद्धि भएको छ

लाइफ इन्सुरेन्स कम्पनी (एलआईसी) नेपालले ‘धन वृष्टि’ योजना ल्याएको छ। विशेष गरी यो धनफिर्ता योजना हो। हरेक योजनाका लागि ब्रान्डिङ आवश्कपर्ने भएकाले कम्पनीले ‘जीवन बिमाको साथमा, धनवृष्टि ३–३ वर्षमा’ भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘धनवृष्टि’ जीवन बिमा योजना बजारमा ल्याएको छ। यसको बिहीबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी सार्वजनिक चापागाईंले गरेका थिए। यही योजनामा आधारित रहेर कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारसँग गरिएको कुराकानीको सार :

 
‘धन वृष्टि’ कस्तो योजना हो ?

अहिलेको समयमा मानिसको आवश्यकतामा परिवर्तन भएको छ। कुनै बेला यस्तो थियो हामी वान डे क्रिकेट मन पराउँथ्यौं अहिले २०–२० मन पराउन थालेका छौं। प्रत्येक कुरा परिवर्तन भइरहेको छ। मान्छे छोटो सयममा प्रतिफलको आस गर्न थालेका छन्। दु्रतगतिलाई आधार मान्न थालेका छन्।

त्यसैलाई मध्यनजर गरेर हामीले यो योजना ल्याएका हौं। यसमा प्रिमियम तिरेको समय–सयममा कम्पनीले तपाईलाई पैसा फिर्ता गर्नेछ। विशेष बिमा बजारमा तोकिएको समयको अन्त्यमा मात्रै पैसा फिर्ता दिन चलन छ। त्यसलाई तोड्दै हामीले यस्तो किसिमको योजना ल्याएका हौं। यो नेपाली परिवेशमा नयाँ सुरुवात हो।

धन वृष्टि योजनाको आकर्षण के हो ?

यस योजनामा बिमा अवधि १० वा १५ वर्षको हुनेछ। तपाईंले १० वर्षे अवधिका लागि एक लाख रुपैयाँको बिमा गर्नुहुन्छ भने पहिलो ३ वर्षमा ३३ प्रतिशत, अर्को ३ वर्षमा ३३ प्रतिशत र बाँकी ३४ प्रतिशत बिमा अवधि समाप्त भएपछि भुक्तानी गर्छ । १५ वर्ष अवधिको बिमामा प्रत्येक ३–३ वर्षमा १५ प्रतिशतका दरले १२औं वर्षसम्ममा ६० प्रतिशत र बाँकी ४० प्रतिशत १५औं वर्षमा भुक्तानी हुन्छ। त्यतिमात्रै नभएर यी दुवै योजनामा बिमा अवधि सकिएर अन्तिम फिर्ता हुने अवधिमा आर्जित बोनस रकम पनि एकै साथ प्राप्त हुनेछ।

बिमा अवधि नसकिँदै बिमितको निधन भए के हुन्छ ?

यदि बिमा अवधि नसकिँदै बिमितको निधन भए बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पूरै बिमांक रकम उपलब्ध गराइनेछ। साथै उक्त अवधिमा आर्जित बोनस रकम पनि इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ। यसमा हामीले बजारको तुलनामा न्यून बिमाशुल्क कायम गरेका छौं। यसमा धेरैमा ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी असक्तता लाभ उपलब्ध हुन्छ। दुई वर्षको बिमा शुल्क भुक्तानीपश्चात बिमितले कम्पनीबाट कर्जा तथा बिमा समर्पण सुविधासमेत लिन सक्नेछन्।

यो योजनाको भुक्तानी प्रक्रिया के–कस्तो छ ? यो सफल हुन आधार के हो ?

यो योजनामा बिमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा पनि बिमा शुल्क भुक्तानी गर्न सक्नेछन्। यो १३ देखि ६० वर्ष उमेरका व्यक्तिलाई लक्षित जीवन बिमा हो। यसको न्यूनतम बिमांक रकम एक लाख छ भने अधिकतम बिमांक सीमा बिमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिने छ। त्योभन्दा पनि महŒवपूर्ण कुरा यो मुनाफामा सरिक हुने योजना हो।

बिमितले ३–३ वर्षमा नै आफूले लगानी गरेको बिमाशुल्कको ठूलो हिस्सा पनि फिर्ता पाउँछन्। त्यसो हुँदा आफ्नो लगानी रकम आफैस“ग रहने भयो। साथमा एलआईसी नेपालको जीवन बिमा पनि पाइने भएकाले यो प्रोडक्ट सफल हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ।

यो योजनाको लक्षित समूह कुन हो ?

लक्षित समूह यो भनेर किटान गर्नुपर्ने छैन। यो सबैका लागि हो। उमेरका हिसाबले १३ देखि ६० वर्षसम्म उमेरका व्यक्ति भनेर तोकिएको छ। यस योजनामा विविध क्षेत्रका पेसाकर्मी तथा व्यवसायी जसले जीवन बिमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरूको लागि विशेष हुन्छन्। यसमा बचतका साथै आवश्यक परेको बेला पैसा फिर्ता पनि पाउने भएकाले बचतको रूपमा पनि राख्न सक्छन्।

नेपालको बिमा बजारलाई कसरी हेर्नुभएको छ ?

बिमा कम्पनीका लागि नेपाली बजार एकदमै राम्रो छ। कम्पनीहरूबीच नयाँ–नयाँ योजना ल्याउने र ग्राहकलाई आकर्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ। यसले गर्दा ग्राहकले आफ्नो रोजाइमा बिमा पोलिसी खरिद गर्ने अवसर पाएका छन्। अर्को बिमा कम्पनी गाउँगाउँमा छिरेका छन्।

यसले बजार पनि विस्तार हुँदै गएको छ। केही वर्षअघि कुल जनसंख्याको ८ प्रतिशत बिमामा जोडिएका थिए अहिले बढेर १५ प्रतिशत हाराहारी पुगेको छ। अझै पनि ८५ प्रतिशत जनसंख्या बिमाबाट बञ्चित छन्। यसको अर्थ अझै पनि बिमा कम्पनीका लागि ८५ प्रतिशत बजार बाँकी नै छ। त्यसैले आगामी दिनमा बिमा कम्पनीले अझ धेरै सफलता हात पार्न सक्नेछन्। त्यसका लागि सचेतनामूलक काम गर्न आवश्यक छ। 

नेपालको लाइफ इन्स्योरेन्स बजारमा एलाईसीको बजार अवस्था कस्तो छ ?

एलआईसी नेपालले प्रत्येक वर्ष राम्रो सफलता हात पारिरहेको छ। नयाँ कम्पनीले अघिल्लो वर्षमा १० वटा योजना बिक्री गरे भने यो वर्ष २० वटा बिक्री गर्दा उनीहरूको शतप्रतिशत बिमा पोलिसी बिक्री भएको भन्न सकिन्छ। तर, एलआईसी पुरानो कम्पनी हो। यसलाई साइजमा जोख्न मिल्दैन। हामीले गत वर्षको तुलनामा यो वर्ष प्रिमियममा ४५ प्रतिशत हाराहारी र ४० प्रतिशतको हाराहारी पोलिसी बिक्रीमा सफलता हात पारेका छौं। यो हिसाबले एलआईसीको व्यवसायमा कुल ४० प्रतिशत वृद्धि भएको छ। 

बिमितले एलआईसीमै बिमा गर्नुपर्ने कारण केही छ ?

हामी नेपाली बजारमा पुराने कम्पनी हौं। यसको दाबी भुक्तानीकोरेसियो पनि उच्च रहेको छ। नेपालमा मात्रै होइन। विश्वमै एलआइसीको दावी भुक्तानी रेसियो ९० प्रतिशत भन्दा बढी रहेको छ। त्यति मात्रै होइन एलआइसी भारतको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी पनि हो। कम्पनीले ग्राहलाई लक्षित गरेर हालसम्म २३ वटा जीवन बिमा योजना बिक्री गरिरहेको छ ।

भने, बिमितलाई बोनस पनि प्रदान गर्दै आएका छ। शाखा सञ्जालको हिसावले पनि हामी ग्राहक लक्षित छौं। कम्पनीले अहिले देशभर ६२ वटा शाखा सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ। आगामी दिनमै ३९ वटा थप शाखा सञ्चालन ल्याउने तयारी पनि गरिरहेको छ। 
इन्फोबिमा कम्पनी गाउँगाउँमा छिरेका छन्। यसले बजार पनि विस्तार हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.