सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौं :वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार पुर्‍याइएको छ। असनबाट बेलुकी ५ बजे तान्न सुरु गरिएको रथ राति हनुमानढोका दरबारअघि पुर्‍याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।  

सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पुर्‍याइने छ। रथ लगन पुर्‍याएपछि आजै जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराउन लगिने कार्यक्रम रहेको उनले बताए। चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो। त्यस दिन रथलाई असनमा पुर्‍याइएको थियो। रथ असनमा पुर्‍याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी थिइन्। प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथ यात्रा असन पुर्‍याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ ।

सोमबार दिउँसो २ः३० बजेसम्म हनुमानढोकामा पूजा एवं दर्शन गर्नका लागि रथ राखिन्छ। त्यसपछि रथ यात्रा सुरु गरी लगन पुर्‍याइनेछ। १७ औँ शताब्दीमा सुरु भएको रथ यात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । 

रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ। वैशाख ३ गते रथ लगन टोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा)लाई तीन पटक घुमाइन्छ। वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ । 
 
सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ। रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.