उत्तरी धादिङबाट ३० नाल भरुवा बन्दुक बरामद

उत्तरी धादिङबाट ३० नाल भरुवा बन्दुक बरामद

धादिङवेशी : उत्तरी धादिङस्थित रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ३० नाल भरुवा बरामद गरिएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दुरुपयोग गर्ने आशंकामा सुरक्षा निकायले अवैधानिक भरुवा बन्दुक बरामद गरेको हो।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोली रहेका अवैधानिक हातहतियार खोज्ने अभियान अन्तर्गत केही समयअघि उत्तरी धादिङ गएको थियो। 

समाजमा शान्ति सुरक्षा कायम गराउनको लागि गाउँ–गाउँमा राखिएका अवैधानिक हातहतियार र भरुवा बन्दुक सुरक्षा निकायलाई बुझाउनको लागि नेपाल प्रहरीलेसमुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।

संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० नाल, खनियाबास गाउँपालिकाबाट १६ नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल रहेका छन्। अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धी मन्त्रिपरिषद्ले गत फागुन २८ गते निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गतेबाट हातहतियार बुझाउने ३५ दिने सूचना जारी गरेको थियो।

उक्त समयमा हातहतियार बुझाएमा कुनै कारवाही नहुने र समयावधीपछि हातहतियार बरामद भएमा कानुन बमोजिम कारवाही हुने सुचना गाउँ–गाउँमा पुर्‍याएपछि अवैधानिक रुपमा लुकाएर राखिएका भरुवा बन्दुकहरु बरामद भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश विष्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यलय धादिङमा ल्याइएका ३० थान भरुवा बन्दुकहरु गत चैत्र २२ गतेपछि संकलन भएका हुन्। यसअघि गत चैत्र २१ गते उत्तरी धादिङको खनियावास गाउँपालिकाबाट मात्रै १६ थाल भरुवा बन्दुक संकलन गरिएको थियो। संकलन गरिएका बन्दुकमध्ये धेरैजसो बन्दुकहरु हाल प्रयोग गरिरहेको अवस्थामै रहेको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले बताए।
धादिङको उत्तरी क्षेत्र सुरक्षा संवेदनशीलताको हिसावले सवैभन्दा बढी असुरक्षित क्षेत्र मानिन्छ। पटक–पटक ब्यक्ति हत्या समेत भएको उत्तरी धादिङमा गत स्थानीय निर्वाचनपछि मात्रै प्रहरीले खनियाबाँस र गंगाजमुनाबाट ३ अमेरिकन स्वचालित रिभल्वर र गोलीहरु बरामद गरि ६ जनामाथि मुद्दा चलाएको छ।

गाउँमा भएका भरुवा बन्दुकहरु अपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेकाले जनप्रतिनिधिमार्फत पनि अवैध हतियार सरकारलाई बुझाउन अपिल गरेको खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताए।

उत्तरी धादिङमै पछिल्लो एक दशकमा स्थानीय युवाहरुबीच भएका विभिन्न घटनामा ७ जनाको हत्या भएको छ भने ती घटनामा संलग्न ३० जना धादिङ कारागारमा रहेका छन्। त्यस्तै जिल्ला अदातलले सजाय तोकेका १० जना ब्यक्तिहरु फरार छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.