पञ्चेबाजा संरक्षण गर्दै डोटीका स्थानीय तह

पञ्चेबाजा संरक्षण गर्दै डोटीका स्थानीय तह

डोटी : पछिल्लो समयमा हुड्के तथा पञ्चेबाजा लोप हुँदै गइरहेका छन्। तर, महेश दमाई भने हुड्केली तथा पञ्चेबाजालाई व्यवसायीक रुपमा अगाडी बढाउने काममा लागि परेका देखिन्छन्। 

हुड्केली तथा पञ्चेबाजाको संरक्षण तथा व्यवसायीकरण गर्ने उद्देश्यका साथ डोटीमा महेश जस्तै अन्ये युवाहरु पनि लागि रहेका छन्। उनिहरुको काममा स्थानीय तहले समेत साथ र सहयोग गरिरहेका छन्।

केआईसिंह गाउँपालिका–५ ले परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालिम संचालन गर्दै वडामा रहेका दलित परिवारले अंगाल्दै आएको परम्परागत हुड्के तथा पञ्चेबाजालाई व्यवसायीकरण तथा संरक्षण गर्नमा युवालाई सहभागि गराएको छ।

हुड्केली तथा पञ्चेबाजाको संरक्षण तथा व्यवसायीकरणका लागि १५ दिनसम्म तालिम संचालन गरिएको थियो। तालिममा विशेषगरी हुड्केली तथा पञ्चेबाजाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिइएको सहभागिले बताए।

परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले आफ्नो लोक संस्कृति तथा परम्परा लोप भइरहेका बेला गाउँपालिकाले तीनको संरक्षणका साथै ब्यवसायिक बनाउन तालिम संचालन गरेको बताए। तालिममा सो क्षेत्रका १५ जना दलित युवाहरुको सहभागिता रहेको थियो। तालिमका लागि दुई जना प्रशिक्षक बाहीरबाट ल्याइएको थियो।

वडा–५का वडाअध्यक्ष रामचन्द्र राणाले डोटेली संस्कृति आफैमा लोकसंस्कृतीको धनी भएपनि पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गरे वडाअध्यक्ष राणाले दलित जातीले परम्परागत रुपमा अंगाल्दै आएको हुड्के र पञ्चेबाजालाई ब्यावसायीक रुपमा अघि बढाई स्वरोजगारमूखि बनाउन वडा कार्यालयले लगानी गरेको बताए। उनले आगामी दिनमा त्यसका लागि थप लगानी गर्ने समेत प्रतिबद्धता गरे।

दलित संघ डोटीका अध्यक्ष लाल बहादुर बिकले दलितहरुले आत्मनिर्भर हुन जरुरी रहेकोमा जोड दिए। बिकले दलितहरुका हक अधिकार र मौलिक संस्कृतिको संरक्षणका लागि संबैधानिक अधिकार दिएकोले त्यसको सदुपयोग गर्नु पर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.