सिडिओ कार्यालयमा कन्ट्रोल रुम !
भैरहवा : जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा जिल्ला सुरक्षा सूचना केन्द्र स्थापना गरिएको छ। जिल्ला भरबाट सूचना संकलनमा सहजता ल्याउन तथा एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हाे।
प्रत्येक महिना नयाँ काम अभियान अन्र्तगत कार्यालयमा सुरक्षा सूचना केन्द्र स्थापना गरिएको छ। पुस महिनादेखि प्रत्येक महिना नयाँ काम गर्ने अभियान अन्तर्गत नयाँ बर्षको अवसरमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कार्यालयमा सुरक्षा सूचना केन्दका सुरक्षाकर्मीलाई मोवाईल हस्तान्त्रण गरेर सूचना केन्द्र (कन्ट्रोल रुम) को उद्घाटन गरिन्।
गृह मन्त्रालय पछि नेपालमै पहिलो सूचना केन्द्रको स्थापना रुपन्देही प्रशासनले गरेको हो। कार्यालयले सूचना संकलनका लागि ९८५७०२०८२० नम्बर सहितको मोवाईल व्यवस्था गरिएको निमित्त प्रजिअ नेपालले जानकारी दिइन्।
नागरिकले उक्त नम्बरमा सम्पर्क गरी कुनै पनि सूरक्षा सम्बन्धिका सूचना टिपाउन सक्ने छन्। उनले सूचना केन्द्रको स्थापना पछि सुरक्षालाई व्यवस्थीत र मर्यादीत बनाउन तथा सुरक्षा सम्बन्धी आएका सूचनालाई विश्लेशण गरी कार्यन्वयन गर्न सहयोग पुग्ने बताइन्।