वडा कार्यालयमै तालाबन्दी
ठाकुरद्वारा : बर्दियाको बढैयाताल गाउँपालिका–६को कार्यालयमा तालाबन्दी भएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न नदिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।
बर्दियाका प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले उक्त वडामा सर्वोदय प्राविदेखि भदोइ जाने सडक निर्माणका लागि पुर्वाधार विकास कार्यक्रम अन्र्तगत २० लाख रुपैया छुट्ट्याएका थिए।
वडाध्यक्षसँग पटक–पटक सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न अनुरोध गर्दा कुनै सुनुवाई नगरेपछि स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीको अगुवाईमा तालाबन्दी गरिएको बताइएको छ।