सकियो लन टेनिस : सशस्त्र ५ स्वर्ण सहित पहिलो

सकियो लन टेनिस : सशस्त्र ५ स्वर्ण सहित पहिलो

बुटवल : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको रुपन्देहीमा जारी लन टेनिस खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण जितेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो।

प्रतियोगितामा नेपाली सेनाले महिला टिम इभेन्टतर्फ एकमात्र स्वर्ण तथा पहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हात पार्न सफल भयो।

देवीनगरस्थित लन टेनिस कोर्टमा सोमबार भएको पुरुष एकलको फाइनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले नेपाली सेनाका प्रणव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण आफनो पक्षमा पारे। नेपाली सेनाका प्रणव रजत पदकमा चित्त बुझाए।

खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्का तृतीय हुँदै काश्य पदक प्राप्त गरेका छन्।

महिला एकलतर्फको फाइनल खेलमा एपीएफकी प्रेरणा कोइरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दै स्वर्ण जितिन्। उनले फाइनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन्।

उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाइन्। खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावत तृतीय हुँदै काश्य पदक जितेका छन्।

एक कार्यक्रमका बिच विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भुमिश्वर ढकाल, नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवाली, रुपन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारीले पदक तथा प्रमाणपत्र वितरण गरेका छन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.